मापदण्ड विपरित संचालित क्रसरहरु सिल गर्ने मेयरको आदेश
ममता शर्मा
महोत्तरीको बर्दिबास नगरपालिकाले मापदण्ड विपरित संचालन भएका क्रसरहरुलाई बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै मेयर बिदुर कुमार कार्कीले क्रसर उद्योगहरुले ढुंगा ,गिट्टी बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको जानकारी गराएका छन् ।
क्रसरहरुले मापदण्डको पालना सम्बन्धि विवरण स्थानीय तहमा ७ दिन भित्रमा पेश गर्न आदेश पत्र जारि गरिएको नगर प्रमुखले बताएका छन् ।उनले भने , "राजमार्गबाट ५ सय मिटर, शिक्षण संस्थाबाट २ किलोमिटर, हाइटेन्सन लाइनबाट २ किलोमिटर, बन निकुञ्जबाट २ किलोमिटर, पक्की पुलबाट ५ सय मिटर, घनावस्तिबाट २ किलोमिटर, चुरे पहाडको फेदिबाट १५ सय मिटर, खोला वा नदी किनारबाट ५ सय मिटर दूरीमा रहेर संचालन नगरिएको सबै क्रसर उद्योगहरु बन्द गरिने छ ।"
मापदण्डको विपरित रुपमा संचालनमा रहेका क्रसरहरुको कारणले समुदायमा प्रत्यक्ष रुपमा तथा प्राकृतिक रुपमा असर पर्ने भएकोले बर्दिबास नगरपालिका अन्तर्गत नियम विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको उनले बताएका छन् ।
मापदण्डविपरित खुलेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न २०७७ को मापदण्डमा आधारित भएर पत्राचारसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका अन्तर्गत रहेका करिब २२ वटा क्रसर उद्योग मध्य धेरैजसो क्रसर उद्योगहरू मापदण्ड विपरित संचालन भएकोले अवैध उत्तखनन देखि अवैध क्रसर उद्योगलाइ नियन्त्रण गर्ने गरी औपचारिक रुपमा कार्यविधि अगाडी बढाइएको उनले जानकारी दिएका छन् ।
वर्षौ देखि क्रसरको समस्या र यसका अवैध कार्यहरुको जनसमुदायद्वारा विरोध हुदै आइरहेको तर यति दिन सम्म पनि नगरपालिकाले यस प्रति कुनै चासो नदिएको र चुनावको समयमा आएर क्रसर सम्बन्धि यस्तो निर्णय गरेको भनेर नगरमाथि प्रश्न उठ्दा उनले भने ,"हामीले यस सम्बन्धि पहिला देखि पहल गर्दै आइरहेका छौ । चुनावको लागि प्रचार प्रसार गर्न गरेको होइन । अब हामी नियम विपरितका क्रसरहरुलाई संचालनमा नराखी नियम अनुसार संचालन गर्न ७ दिनको म्याद दिएका छन् । ७ दिन भित्रमा आफ्नो व्यवस्थापन गरि नियमावली अनुसार संचालनमा आएनन भने कुनै सम्झौता नगरी सिधै सिल गर्ने छौ । यो हाम्रो प्रतिबद्धता र बर्दिबास नगरपालिकाको अभियान हो ।"
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments