मापदण्ड विपरित संचालित क्रसरहरु सिल गर्ने मेयरको आदेश
ममता शर्मा
महोत्तरीको बर्दिबास नगरपालिकाले मापदण्ड विपरित संचालन भएका क्रसरहरुलाई बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै मेयर बिदुर कुमार कार्कीले क्रसर उद्योगहरुले ढुंगा ,गिट्टी बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको जानकारी गराएका छन् ।
क्रसरहरुले मापदण्डको पालना सम्बन्धि विवरण स्थानीय तहमा ७ दिन भित्रमा पेश गर्न आदेश पत्र जारि गरिएको नगर प्रमुखले बताएका छन् ।उनले भने , "राजमार्गबाट ५ सय मिटर, शिक्षण संस्थाबाट २ किलोमिटर, हाइटेन्सन लाइनबाट २ किलोमिटर, बन निकुञ्जबाट २ किलोमिटर, पक्की पुलबाट ५ सय मिटर, घनावस्तिबाट २ किलोमिटर, चुरे पहाडको फेदिबाट १५ सय मिटर, खोला वा नदी किनारबाट ५ सय मिटर दूरीमा रहेर संचालन नगरिएको सबै क्रसर उद्योगहरु बन्द गरिने छ ।"
मापदण्डको विपरित रुपमा संचालनमा रहेका क्रसरहरुको कारणले समुदायमा प्रत्यक्ष रुपमा तथा प्राकृतिक रुपमा असर पर्ने भएकोले बर्दिबास नगरपालिका अन्तर्गत नियम विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको उनले बताएका छन् ।
मापदण्डविपरित खुलेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न २०७७ को मापदण्डमा आधारित भएर पत्राचारसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका अन्तर्गत रहेका करिब २२ वटा क्रसर उद्योग मध्य धेरैजसो क्रसर उद्योगहरू मापदण्ड विपरित संचालन भएकोले अवैध उत्तखनन देखि अवैध क्रसर उद्योगलाइ नियन्त्रण गर्ने गरी औपचारिक रुपमा कार्यविधि अगाडी बढाइएको उनले जानकारी दिएका छन् ।
वर्षौ देखि क्रसरको समस्या र यसका अवैध कार्यहरुको जनसमुदायद्वारा विरोध हुदै आइरहेको तर यति दिन सम्म पनि नगरपालिकाले यस प्रति कुनै चासो नदिएको र चुनावको समयमा आएर क्रसर सम्बन्धि यस्तो निर्णय गरेको भनेर नगरमाथि प्रश्न उठ्दा उनले भने ,"हामीले यस सम्बन्धि पहिला देखि पहल गर्दै आइरहेका छौ । चुनावको लागि प्रचार प्रसार गर्न गरेको होइन । अब हामी नियम विपरितका क्रसरहरुलाई संचालनमा नराखी नियम अनुसार संचालन गर्न ७ दिनको म्याद दिएका छन् । ७ दिन भित्रमा आफ्नो व्यवस्थापन गरि नियमावली अनुसार संचालनमा आएनन भने कुनै सम्झौता नगरी सिधै सिल गर्ने छौ । यो हाम्रो प्रतिबद्धता र बर्दिबास नगरपालिकाको अभियान हो ।"
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments