शंकास्पद रकम र इकागज सहित एकजना पक्राउ
माघ ३ गते
महोत्तरीमा शंकास्पद रकम र इकागाज सहित एकजना पक्राउ परेका छन् । सोमबार प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरी टोलीले जिल्लाको जलेश्वर न.पा.वडा नं. ३ मलिवारा स्थितभिठ्ठामोड-जलेश्वर सडक खण्डमा नियमित चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बा.२१ च ६७६१ नं.को रातो रंगको कारलाईसंकास्पद अवस्थामा देखी चेकजाँच गर्ने क्रममा सो कारभित्र रहेका चालक सहितका २ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाइ प्रहरीले सोधपुछ गर्दा धनुषाको लक्ष्मिनिया गा.पा.वडा नं.१ बस्ने बर्ष २३ को असरफ मोहम्द र जनकपुर उप महानगरपालिका वडा नं.६ बस्ने बर्ष २६ को मोजाहिद रेजा भनि आ-आफ्नो नाम बताएका थिए शंका लागि चेकजाँच गर्दा सो कारको पछाडीको डिक्की भित्र रहेको कालो रंगको व्याग (झोला) खोली हेर्दा बाहिरी पट्टी नेपाली रु. १०००/- (एक हजार) दरको नोट र पछाडी पट्टी नेपाली रु.१०००/- को नोट समेत थान २ राखी नेपाली रु.१०००/-(एक हजार) को नोटको साईजको कटिङग गरेको ५ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज जम्मा ४५६ थान, बाहिरी पट्टी नेपाली रु. ५००/-(पाँच सय) दरको नोट र पछाडी पट्टी नेपाली रु.५००/- को नोट समेत २ थानराखी नेपाली
रु.५००/-(पाँच सय) को नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले
बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज ४८५ थान, बाहिरी पट्टी नेपाली रु. ५००/-(पाँच सय ) दरको नोट र पछाडी पट्टी नेपाली रु.५००/- को नोट समेत थान २ राखी नेपाली रु.५००/-(पाँच सय) को नोटको साईजको कटिङग गरेको ९ व्याण्डलमा रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिङग गरी राखेको कागज ५१५ थान, बाहिरी पट्टी नेपाली रु. १००/-(एक सय ) दरको नोट र पछाडी पट्टी नेपाली रु.१००/- को नोट समेत थान २ राखी नेपाली रु.१००/-(एक सय) को नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरी राखेको कागज ६५० थान बरामद भएको छ ।
साथै उनीहरुले खोटा मुद्रा तयार गर्नको लागी नेपाली नोट रु.१०००/-(एक हजार), रु.५००/-(पाँच सय) र रु.१००/-(एक सय) दरका नोटको साईजको कटिङग गरेको कागज समेत बरामद भएको छ उनीहरु सवार बा.२१ च ६७६१ नं.को रातो रंगको Nexon कार समेत नियन्त्रणमा लिई मिति २०७८/१०/०३ गते सम्मानित महोत्तरी जिल्ला अदालत जलेश्वरबाट “ मुद्रा सम्बन्धी कसुर ” मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments