जसपा नेपाल मनायो पर्साले बलिदानी दिवस

4 वर्ष पहिले प्रकाशित

(2078-10-05 B.S.)

2331 पटक देखिएको

उपेन्द्र पासवान 

जनता समाजवादी पार्टी नेपाल पर्साले पोखरिया नगरपालिका र पकाहामैनपुर गाउँपालिकामा बलीदानी दिवस मनाएको छ ।

विभिन्न चरणमा भएको मधेस आन्दोलनका क्रममा अधिकार प्राप्तिको लडाईका लागि संघर्ष गर्दै आफ्नो ज्यानको आहुति दिनुहुने वीर शहिद चन्दन पटेल र सत्रुधन पटेललाई नेतागणहरुले फुलमाला अबिर लगाई श्रद्धान्जली अर्पण गरेका हुन ।

"हामीले प्राप्त गरेको अधिकार र पहिचान सहिदहरुले दिनुभएको योगदान र बलिदानको देन हो । मधेस र मधेसी जनतामाथि वर्षौं देखि भइरहेको अन्याय, अत्याचार, विभेद र दमनलाई अन्त्य गर्न वीर शहिद रमेश महतोको बलिदानीले बिगुल फुकिदिएको आन्दोलनले मधेसलाई आफ्नो अधकारका लागि लड्नु पर्छ, केही गर्नु पर्छ भनेर झकझकायो र फलस्वरूप आज हामीले थोरै भएपनि अधिकार र पहिचान पाएका छौँ ।" वीर शहिदहरुले गर्नु भएको योगदानले पाएको उपलब्धिहरुलाई संस्थागत गर्दै बाकिरहेको अधिकार पनि हामीले संघर्ष मार्फत प्राप्त गर्ने केन्द्रिय सदस्य एवं युवाका केन्द्रिय सह-इनचार्ज फिरोज मन्सुरले बताए ।

आज बलिदानी दिवसको महान दिन हो । शहिदहरुको योगदान र बलिदानलाई उच्च कदर गर्दै प्रदेश सरकारले आज थप राहत वितरण गर्दै छ । सहिदको परिवारलाई राज्यले थप अवसर र सुविधा दिनेछ र उहाँहरुको सम्मान गर्नेछ भने आशाबादी छु साथै हामी सबैले आ-आफ्नो स्थानबाट वीर शहिदहरुको योगदानलाई सझीदै उहाँहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेस अधिकारको लागि सुरु भएको यो लडाईलाई निरन्तर जारी राख्न प्रतिबद्ध रहन मधेस प्रदेश समितिका उपाध्यक्ष वृजमोहन तिवारीले आग्रह गरेका हुन ।

मधेस प्रदेश सरकारले यसवर्ष सप्तरीको सदरमुकाममा विशेष कार्यक्रम गरी बलीदानी दिवस मनाईरहेको छ भने बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

पकाहामैनपुर गाउँपालिकामा मदन साह कानुको अध्यक्षतामा र पोखरिया नगरपालिकामा गोबर्धन यादवको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य फिरोज मन्सुर, विशेष अतिथि मधेस प्रदेश समिति उपाध्यक्ष वृजमोहन तिवारी, सदस्य गौरीशंकर साह, जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै जसपाको क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष कामेश्वर पडित, समाजवादी युवा संघ मधेस प्रदेशका सदस्य शिव कुमार साह, समाजवादी मुस्लीम संघका केन्द्रीय सचिवालय सदस्य रउफ अन्सारी, जिल्ला सदस्य मुम्ताज देवान, पोखरिया नगरपालिकाका सचिव शिवनाथ साह, केशव गिरी र मुन्ना साह, खुर्सेद आलम लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले