नेविसंघ ठाकुर राम एकाई समितिकाद्वारा क्याम्पसको मुल गेटमा  धर्ना

4 वर्ष पहिले प्रकाशित

(2078-10-07 B.S.)

4084 पटक देखिएको

पवन प्रसाद साह 

 नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिका सभापति मनोज कुमार साहको नेतृत्वमा शुक्रवार हरिखेतान बहुमुखी क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिएका छन्।

यस्तै कार्यक्रम अनुसार माघ ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका एकाई अध्यक्ष साहले बताए ।

यस्तै, संघले क्यु.ए.ए. क्वालिफाईड क्याम्पस भएकोमा टियुको युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षाै बर्षाैदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको नेवि संघले माग रहेको छ ।

अन्य   मागहरुमा हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पस सरह सन्चलन गर, त्रिभुवन बिश्व बिधालय अनुदान आयोगको खर्च सार्वजनिक गर ,त्रिभुवन बिश्व बिद्यालय अनुसारको शुल्क कायम गर, विद्यार्थीहरुलाइ पाउने गरिब तथा जेहन्दार विद्यार्थीको फ्री सीप कायम गर, २० बर्ष देखिको आय व्यय सार्वजनिक गर ,२० बर्ष देखि एउटै क्याम्पस प्रमुख किन ? ,क्लास नगरि लिएको शुल्क फिर्ता गर ,२०% फ्री सिपको कोटा सार्वजनिक गर,  संचालक समितिको अधुरो रहेको नाम सार्वजनिक गर र अधुरो रहेको पदमा व्यक्ति न्युक्ती गर,  कर्मचारीहरुलाइ सन्चय कोष वा सामाजिक सुरक्षाकोषमा दर्ता गर, होस्टेल निर्माणको गुणस्तरीय छानबिन गर र खर्चहरु सार्वजनिक गर,कोरोना विदामा विद्यार्थी संग लिएको शुल्क मिन्हा गर, अभिभावक भेलावाट सन्चालक समिति गठन गर,लगायत का मागहरु राखेका छन्।

उक्त धर्नामा ने.वि.संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,दिना गुप्ता, बिटु पटेल,राहुल ठाकुर,सुधन्सु चौरसिया,राहुल चौरसिया सहभागी रहेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले