फोहोर तथा प्लास्टिक टिप्दै देशका कर्णधारहरु
स्वदेशमै रोजगार अरे!
ममता शर्मा
देश विकासमा आइपर्ने चुनौतीहरु मध्य रोजगार पनि एक हो । कयौ व्यक्तिहरु रोजगार नपाएर बिदेशिन बाध्य छन् त कतिपय व्यक्तिहरु यथावत जीविकोपार्जनपार्जनमा आइपर्ने कठिनाई झेल्दै स्वदेशमै बसेका छन् ।
वास्तवमा रोजगारी आर्थिक स्तर उच्च भएका व्यक्तिहरु द्वारानै सिर्जना हुन्छ र हाम्रो देशमा धेरै जसो आर्थिक स्तर उच्च भएका व्यक्तिहरुमा नेता ,मन्त्रि ,हाकिम ,सांसद पर्दछन र यस्ता व्यक्तिहरुको हाम्रो देशमा तुलनात्मक रुपमा आय बढी रहेको देखिन्छ। यस्ता व्यक्तिहरुको जिविकोपार्जन सुखदायी ,आरामदायी र उल्लासपूर्ण रहेको हामी प्रत्यक्ष वा अप्रत्यक्ष देख्छौ र यी सबै कुराको देन जनताको मेहनत हो । जनताले गरेको मेहनतबाट आर्जन गरेका अर्थबाट लिएको करले नै सरकार चलेको छ र नेताहरुको मौज र मस्तीको रजाइ बढेको छ र आज म नै मालिक हु भनाउँन सफल छन् । जनताले सरकार र सरकारी स्वामित्व मा काम गर्ने व्यक्तिहरुलाइ सहजताको बाटो दिएको छ । तर यहि सरकार आफ्नो जनतालाइ झुठा आशा दिलाशा बाहेक अरु केहि दिन सकेको छैन ।
सडक तथा सडकको पेटीमा प्लास्टिक उठाईरहेको यी बालबालिकाको दृश्य महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित रहेको त्रिभुवन माध्यमिक विद्यालयको अगाडी रहेको पेटीको हो । जुन एकदमै फोहोरमयी छ र त्यहि फोहोर टिपिरहेका छन् ,गौशाला नगरपालिकाका कर्णधारहरु !

बर्दिबास नगरपालिका स्थित फोहोर टिपीरहेका बालबालिकाहरु

सहयोग ,अपेक्षा ,आशा उनीहरुलाइ पनि होला तर भनिन्छ जब आफ्ना नै आफ्नो भएनन् त पराइ के आफ्नो हुन्छ, यो कुरा बढी पारिवारिक स्तरमा लागु हुन्छ। निसहाय जनताको बहुमुल्य मत लिएर निर्वाचित भएका व्यक्ति नै आफ्ना हुन्। तर यहाँ अवस्था छ त्यो स्थानीय सरकारको जुन सरकार गरिबको पिडा दुख कष्ट देखेर पनि मौन छ ।
यस्ता कार्य गर्ने बालबालिकालाइ सडकमा हेरेर हिड्ने मान्छेहरुले कठै बरी ! त भन्छन तर लाग्छ यहाँको स्थानीय सरकारले त त्यो पनि भन्दैन। कसले देखेको छैन होला र !
अनेकौ संस्था ,प्रशासन ,निकाय भएपनि स्वार्थहिन कार्य गर्ने कोहि छैन । चुनावमा करोडौ खर्च गर्ने प्रतिनिधिहरु नि:शुल्क सहयोगमा अगाडी बढ्न सकेनन् । “म गरिबहरुको लागि धेरै कार्य गर्ने छु ,किसानको लागि अनेकौ सहजता उपलब्ध गराउने छु ,बालबालिकाको शिक्षा ,स्वास्थ्य प्रति चासोको साथ बिभिन्न गतिबिधिहरु अघि सार्ने छु ,यो गर्छु ,त्यो गर्छु “ । यस्ता भाषण अनेकौ मानिसहरुको मुखबाट हामीले सुनेका छौ तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान हाम्रो देशका जनप्रतिनिधिहरुमा बढी लागु छ ।
स्थानीय निकायको उदासिनताले यस्ता सडक बालबालिकाको भविष्यमाथि खेलवाड भईरहेको छ । हामी सोच्न पनि सक्दैनौ कि उनीहरु यस्तो चिसोमा सहाराबिना कसरि बाचीरहेका छन् ।
आफ्नो छोराछोरीमाथि यस्तो समस्या बितेको कसैले कल्पना पनि गर्न सक्दैनन् तर यहि स्थानीय सरकारले रेखदेख गर्नुपर्ने सडक बालबालिका सडक भौतारिरहेका छन् । उनीहरुलाइ मार्ग दर्शक गर्ने न त कुनै आफ्ना छन् न स्थानीय सरकार न स्थानीय सरकारका कार्यहरु ।
स्थानीय सरकारले केहि गर्न नसकेको भनेर पनि हामी भन्न सक्दैनौ तर जति गर्नुपर्ने हो त्यति गरेको देखिदैन । आखिर बनेका स्थानीय सरकारका नियमहरु ति टुहुरा जनता समक्ष पुग्न सकेनन । सबभन्दा बढी सोचाइमा आउने कुरा त यहि हो कि भोलि पर्सि उनीहरुको भविष्य कस्तो होला ?
सरकारी तथा सम्पूर्ण स्थानीय निकाय ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय , जनस्वास्थ्य कार्यालय ,जिल्ला शिक्षा कार्यालय ,बालकल्याण समिति तथा संगठनहरुले यस्ता कुरामा निष्पक्ष चासो लिएर कार्य गरे सायद यिनीहरुको भविष्य उज्वल हुनेछ होला ।
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
9 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
10 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
11 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
12 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
12 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
24 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
1 महीना पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
2 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments