नि:शुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक

९ माघ
यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनलले पछिल्लो पुस्ताका मानवअधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता जस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथराइट्स आर्केड (Rights Arcade) नामक एउटा नि:शुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक गरेको छ।
कार्यगत शिक्षामार्फत मानवअधिकार अभियानलाई सुदृढ गर्नको लागि राइट्स आर्केड मोबाइल गेमको विकास गरिएको हो। यस एपमा भएका गेमहरूले प्रयोगकर्ताहरूको मानवअधिकारसम्बन्धी ज्ञानलाई बढाउनेछ र उनीहरूलाई मानवअधिकारका सवालमा "एक्सन" लिनका लागि प्रोत्साहित गर्नेछ।
राइट्स आर्केडको एउटा प्रमुख विशेषता भनेको यसको स्वनियन्त्रित पद्धति हो जसले प्रयोगकर्ताहरूलाई गेममा भएको कथाहरूमार्फत आफ्नै गतिमा मानवअधिकारबारे सिक्ने, समिक्षा गर्ने र अभियानात्मक गतिविधिहरू संचालन गर्ने वा त्यसमा सहभागी हुने अवसर प्रदान गर्दछ।
"संसारभरिका मानिस, अझ विशेषगरी युवावर्गहरूलाई आकर्षक ढङ्गमा मानवअधिकारका विषय सिक्न सशक्तिकृत र प्रोत्साहित गर्ने उद्देश्यका साथ यो गेमको विकास गरिएको छ,” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले भनिन्।
"आज र भोलिको मानवअधिकारको एजेण्डा तय गर्नका लागि युवाहरूको भूमिका निर्णायक हुन्छ। नयाँ पुस्ताका अभियन्ताहरूलाई आज र भोलिका दिनमा पनि मानवअधिकारका लागि लड्न र मानवअधिकार संरक्षणमा जुट्न सशक्त र सक्षम बनाउनका लागि उनीहरूले बसोवास गरेको वा उनीहरू नियमित रूपमा सहभागी हुने ठाउँमा पुग्नु महत्त्वपूर्ण हुन्छ।"
प्रयोगकर्ताहरूले तीन जना व्यक्तिहरूको वास्तविक जीवनका अनुभवहरूबाट मानवअधिकारको यात्रा गर्नेछन्: बङ्गलादेशमा डिजिटल सुरक्षा ऐनअन्तर्गत अन्यायपूर्ण आरोप लगाइएका कार्टूनिस्ट अहमद कबीर किशोर; चीनमा कोभिड-१९ को बारेमा रिपोर्टिङ्ग गरेकै कारण चार वर्षको जेल सजाय सुनाइएकी नागरिक पत्रकार झाङ झान; र थाइल्याण्डमा विरोध प्रदर्शन गरेको आरोपमा २५ भन्दा बढी अभियोगहरू लगाइएका विद्यार्थी अभियन्ता पानुसाया सिथिजिरावत्तानाकुल।
"यो गेमले युवाहरूमा मानवअधिकारसम्बन्धी केही आधारभूत ज्ञान प्रदान गर्ने मात्र नभई यसले उनीहरूलाई अन्यायविरुद्ध उभिन र सत्य तथा न्यायको पक्षमा बोल्न सशक्त बनाउने र उत्प्रेरित गर्ने छ," एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थापालियाले भने।"हामीले यो गेममार्फत हाम्रा हजारौँ युवा सदस्य तथा समर्थकहरूलाई सहभागी गराई उनीहरूलाई मानवअधिकार परिवर्तनका लागि सिक्न र अभियानात्मक गतिविधिहरू गर्न सक्षम बनाउने आशा गरेका छौं।"
वास्तविक घटनाहरूलाई कथानक अनुभवहरूको रूप दिई समावेश गरिएका यस गेमका कथाहरू प्रयोगकर्ताको छनौटद्वारा संचालित हुन्छन्। मानवअधिकारको आफ्नै बुझाइमा आधारित निर्णयहरूमार्फत र दैनिक जीवनमा मानवअधिकारका अवधारणाहरू कसरी लागू हुन्छन् भन्ने कुरा पत्ता लगाएर प्रयोगकर्ताहरू तीनवटा मुख्य पात्रहरूको भूमिकामा रही उनीहरूको अनुभवहरूलाई आफ्नै अनुभव जसरी अगाडि बढ्नेछन्। विश्वभरका मानिसहरूले हाल चार भाषाहरूमा उपलब्ध तीन गेमहरूको संग्रह प्रयोग गर्न सक्नेछन्: अंग्रेजी, सरलीकृत चिनियाँ, थाई र कोरियन।
राइट्स आर्केडलाई आइओएस र एन्ड्रोइड प्लेटफर्महरूमा डाउनलोड गर्न सकिन्छ।यसले खराब इन्टरनेट भएका क्षेत्रहरूमा पनि यो गेमको पहुँचलाई सुनिश्चित गरेको छ। आउने महिना र वर्षहरूमा नयाँ गेमहरूसँगै राइट्स आर्केडलाई नियमित रूपमा थप भाषाहरूमा सिक्न सकिने बनाउनका लागि समायोजन र अद्यावधिक गरिनेछ।
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
2 दिन पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
3 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
4 दिन पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
4 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
11 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
2 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
4 दिन पहिले
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..
13 दिन पहिले
बाढीको पानीमा डुबेर बालकको मृत्यु
गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..
13 दिन पहिले
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..
14 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..
15 दिन पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार प..
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञ..
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसर..
कमेन्ट गर्नुहोस्
view comments