राजविराज जेसीजले गर्यो वेवसाइट सुरु

4 वर्ष पहिले प्रकाशित

(2078-10-12 B.S.)

5333 पटक देखिएको

नविन यादव

सप्तरी, १२ माघ 

राजविराज जेसीजले आफ्नो वेवसाइट सुरु गरेको छ ।
राजविराज जेसीज भवनमा आयोजित ४७औं पदस्थापन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्दप्रसाद सिंहले क्लिक गरेर वेवसाइट शुभारम्भ गर्नुभयो ।
दुई वर्ष अघि नै वेवसाइट बनाउने र क्रियाकलाप पेपरलेस बनाउँदै लैजाने निणर्य भएकोमा हालै मात्रै वेवसाइटको निर्माण कार्य पूरा भएको महासचिव विप्लब आनन्दले जानकारी दिनुभयो ।
 कार्यक्रमका प्रमुख अतिथि सिंहले परिवर्तनको लागि गरिएका हरेक कार्यहरुको संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेवारी भएको बताउनुभयो । इतिहासको संरक्षणले अघिल्लो पुस्ताको सम्मानका साथै भविष्यमा फाइदा हुने बताउनु हुँदै सिंहले नयाँ इतिहास कायम गर्न शुभकामना दिनुभयो । समाजका विभिन्न क्षेत्रमा असल ढंगले काम गरिरहेका व्यक्तिहरु कुनै बेला जेसीजमा क्रियाशील रहेका व्यक्ति नै भएको उहाँले स्मरण गर्नुभयो । 
राजविराज जेसीजका पूर्व अध्यक्ष एवम् इन्सेक प्रतिनिधि मनोहर पोखरेलले युवाहरुलाई उपयुक्त अवसर उपलब्ध गराई अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने र सक्षम बनाई असल नागरिक बनाउने दायित्व जेसीजले पुरा गर्दै जानुपर्ने बताउनु भयो ।
राजविराज जेसीजका पूर्व अध्यक्ष सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले समाजलाई समृद्ध गर्ने उद्देश्यले ४७ वर्ष अघि स्थापना भएको राजविराज जेसीजका सदस्यहरुले आफ्नो भूमिका र महत्व पुष्टि गर्नुपर्ने बताउनु भयो ।
नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा पदास्थापन कार्यक्रममा निर्वाचन संयोजक राजविराज जेसीज २०२० का अध्यक्ष पुनम पोखरेलले अध्यक्षमा राजेश मण्डल, कार्यकारी उपाध्यक्षहरुमा मनिष दास, पंकज देव तथा उपाध्यक्षहरुमा विक्रम काबरा, रवि राय, सुनित मुन्ना र सौरभ झा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
नेतृत्व र व्यक्तित्व विकास गराउन जेसीज सक्षम रहने विश्वास व्यक्त गर्दै राजविराज जेसीजका नवनिर्वाचित अध्यक्ष मण्डलले कार्यसमितिको कानुनी सल्लाहकारमा उज्जवल काबरा, महासचिवमा विप्लब आनन्द र कोषाध्यक्षमा रञ्जना चौधरी तथा सल्लाहकारमा मनोहर पोखरेल र सन्तोष सिन्हालाई मनोनयन गरेको घोषणा गर्नुभयो ।
राजविराज जेसीज २०२१ का अध्यक्ष सिद्धार्थ तातेडको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरु कारी मण्डल, उमेश दाहाल, देबेन्द्र देवकोटा, अनन्त साह, मिलन सिंह, सन्तोष सिन्हा, कृष्ण कुमार देव, संजय दास, सानीमा बैंक राजविराजका प्रबन्धक प्रसन्न गजुरेल, प्रधानाध्यापक गणेशकुमार दास, नेपाल रेडक्रस सोसाइटी सप्तरीका संजोग देवलगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

2 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

3 दिन पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

4 दिन पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

4 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

11 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

2 दिन पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

4 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

13 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

13 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

14 दिन पहिले

जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..

जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

15 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..