चोरीका नगद र गरगहनासहित दुई नाबालक पक्राउ
सप्तरी, राजबिराज ।
प्रहरीले छिमेकमा रहेको पसलमा एका बिहानै ताल्चा फुटाएर लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई चोरीको सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।
प्रहरीका अनुसार छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेका थिए ।
उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ । अघिल्लो दिन घरबाटै पक्राउ परेका उनीहरु ’लाइ जिल्ला प्रहरी कार्यालयले शुक्रबार सबै विवरण सार्वजनिक गरेको छ ।
चोरीमा संलग्न नाबालक भएकाले उनीहरुको नाम गोप्य राखिएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुँपैया बरामद गरिएको छ ।
यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गरगहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गरगहना र ६१ हजार २ सय ५० मुल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबैले सुडीको पसलमा चोरी गरेको स्वीकारेका छन् । पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments