देशलाई तानाशाहबाट जनतालाई आजाद गराएका वीर सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण

4 वर्ष पहिले प्रकाशित

(2078-10-16 B.S.)

2495 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज, पर्सा

नेपाली काँग्रेस पर्साले विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ ‌। शहिद दिवसको अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो ।

साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी,वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीनले नारायणी अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अजय कुमार चौरसियाले शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरि गत निर्वाचनमा आपसी द्वन्द्व र मतभेदको कारणले पर्सा जिल्लामा पार्टीले पराजय भोगेको भए तापनि अहिले पनि पर्सामा नेपाली काँग्रेस शासक पार्टी भएको चर्चा गरेका थिए ।

सोही अवसरमा जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले बताएका थिए।

केन्द्रीय सदस्य अजय कुमार चौरसियाले आसन्न निर्वाचनमा एक ढिक्का भएर पार्टी निर्वाचनमा होमिने बताउँदै शहीदहरूको अमर बलिदानीको कारण हामी अहिले गणतान्त्रिक परिवेशमा भएको बताए।

त्यस्तै घण्टाघरस्थित शहिदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको साथै बाबा रामजनम तिवारीको शालिकमा सरसफाई गरि माल्यार्पण गरिएको नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ताले बताए । त्यसैगरी गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा पनि आज सरसफाई गरि माल्यार्पण गरिएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवार,दिलिपराज कार्की,नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता,सुधीर पटेल,विबेक कलवार,मनोज कुमार साह,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले