देशलाई तानाशाहबाट जनतालाई आजाद गराएका वीर सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण
पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाली काँग्रेस पर्साले विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ । शहिद दिवसको अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो ।
साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी,वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीनले नारायणी अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अजय कुमार चौरसियाले शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरि गत निर्वाचनमा आपसी द्वन्द्व र मतभेदको कारणले पर्सा जिल्लामा पार्टीले पराजय भोगेको भए तापनि अहिले पनि पर्सामा नेपाली काँग्रेस शासक पार्टी भएको चर्चा गरेका थिए ।
सोही अवसरमा जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले बताएका थिए।
केन्द्रीय सदस्य अजय कुमार चौरसियाले आसन्न निर्वाचनमा एक ढिक्का भएर पार्टी निर्वाचनमा होमिने बताउँदै शहीदहरूको अमर बलिदानीको कारण हामी अहिले गणतान्त्रिक परिवेशमा भएको बताए।
त्यस्तै घण्टाघरस्थित शहिदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको साथै बाबा रामजनम तिवारीको शालिकमा सरसफाई गरि माल्यार्पण गरिएको नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ताले बताए । त्यसैगरी गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा पनि आज सरसफाई गरि माल्यार्पण गरिएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवार,दिलिपराज कार्की,नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता,सुधीर पटेल,विबेक कलवार,मनोज कुमार साह,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments