मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द

4 वर्ष पहिले प्रकाशित

(2078-10-20 B.S.)

4029 पटक देखिएको

माघ २०, गते 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा किसान आन्दोलन अन्तरगत मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन भइरहेको छ।जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरेका हुन्।

किसान आन्दोलन झण्डै डेढ महिनादेखि भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन्।पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसकेको जनमत पार्टीका नेता बीपी साहले बताएका छन्  । तर, हालसम्म सरकारले सुनवाई नगरेकोपछि विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो।

नेता साहका अनुसार लोकमार्गमा स्कुल, फलफुलसहित अतिआवश्यक सवारीसाधन बाहेकका सवारीहरु दिउँसोका लागि बन्द गरिएको छ। सरकारले किसानहरुको माग सम्बोधन नगरे आन्दोलन थप शसक्त हुँदै जाने साहले चेतावनी दिएका छन् ।

जनमत पार्टीले किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विजुली बिललगायतको माग राख्दै किसान आन्दोलन गर्दै आएका छन् ।

किसान आन्दोलनमा विभिन्न पार्टीको समर्थन रहेको र विभिन्न किसान संगठनहरुको सहभागिता रहेको साहले बताएका छन्  । सरकारले माग पुरा नगरेसम्म किसान आन्दोलन जारी रहने समेत उनले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले