निगौल मा.वि. का छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण 

4 वर्ष पहिले प्रकाशित

(2078-10-20 B.S.)

5961 पटक देखिएको

ममता शर्मा 

माघ २० , गौशाला 

महोत्तरीको गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रहेको निगौल मा .वि मा अध्ययनरत छात्रछात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयको व्यवस्थापन समितिद्वारा आयोजित र जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो र नेत्री राम कुमारी महतोद्वारा व्यवस्थापन गरिएको शैक्षिक कार्यक्रममा छात्रछात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो । मधेश प्रदेशका अर्थ मन्त्रि माननीय शैलेन्द्र साहको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।

विद्यालयमा कक्षा १ देखि १२ मा अध्ययनरत विपन्न तथा गरिब परिवारका ४ सय १४ जना विद्यार्थीहरुलाई कापी १ दर्जन र कलम वितरण गरिएको छ । त्यस्तै जन्म दर्ता तथा नागरिकता नभएका ४ जना विद्यार्थीहरुलाई समाज सेवी नेता लक्ष्मी महतोले स्वयं अभिभावकको रुपमा विद्यालयमा भर्ना गराएका छन् भने उनीहरुलाइ शैक्षिक सामग्री स्वरूप ड्रेस पनि वितरण गरेका छन् ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै जसपाका केन्द्रिय सदस्य तथा समाजसेवी नेता लक्ष्मी महतोले आफुले वर्षौ देखि सक्रिय रुपमा राजनीति गरिरहेको बताउदै शिक्षा क्षेत्र उकास्नको लागि सक्दो प्रयास गर्दै जाने र विपन्न दलित तथा असहाय बालबालिकाहरुलाई स्वयम अभिभावक बनि भर्ना गरेर पढ्न प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै जसपाका जिल्ला सदस्य तथा महिला नेत्री रामकुमारी महतोले समाजमा शिक्षाले उल्लेख्य योगदान पुर्याउने भएकोले यस क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई हरेक तवरले सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरि प्रमुख अतिथि मन्त्रि साहले नेपालको शिक्षा नीतिमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् । विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाइ भएपनि सो जिम्मा पुरा गर्न स्थानीय सरकारले चासो नलिएको उनले बताए । स्थानीय सरकार आफ्नो जिम्मा पुरा गर्न उदासिन छ, उनले भने, "शिक्षाको स्तरमा मधेश पछाडी परेको छ । प्रदेश सरकारको मातहतमा स्कुल पर्दैन जसले गर्दा स्थानीय सरकारले नै शिक्षालाइ प्राथमिकताको साथ उकास्न लाग्नुपर्ने हुन्छ ।"
देश विकास गर्नको लागि बालबालिकालाइ शिक्षा दिनु जरुरि रहेको उनले जिकिर गरे । "विकास भनेको सडक निर्माण गरेर ,मठमन्दिर बनाएर हुदैन बालबालिकाको तथा समाजको शैक्षिक स्तर उकास्नको भैपरी छ  "उनले भने ।

शिक्षाको क्षेत्रमा जोड दिदै मधेश सरकारले छात्रालाइ साइकल वितरण ,ल्यापटप वितरण , बिमा गर्ने जस्ता शैक्षिक कार्यक्रम संचालन गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै १० कठ्ठा खेतमा किसानी गर्ने किसानलाइ मलखाद किन्नको लागि वार्षिक रुपमा १० हजार उपलब्ध गराइने पनि बताए । साथै शिक्षा क्षेत्रमा अविस्मरणीय कार्य गर्दै आएका समाजसेवी लक्ष्मी महतो र नेत्री रामकुमारी महतोको अभियानलाइ सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

निगौल मा .वि मा रहेका भवनको अवस्था एकदमै जिर्ण रहेकोले प्रदेश सरकार समक्ष सहयोगको निम्ति विद्यालयले अर्थ मन्त्रि साहलाइ ज्ञापन पत्र समेत बुझाएको छ । एउटा कक्षामा १ सय जना भन्दा बढी विद्यार्थी उक्त जिर्ण अवस्थामा रहेको भवनमा जोखिम मौलेर पढ्न बाध्य भएकोले यस समस्याको निराकरण गर्न विद्यालयले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्रि साहले जति सक्दो छिटो ४ कोठे भवनको व्यवस्था गर्ने प्रतिवाद्धता व्यक्त गरेका छन् ।


शिक्षाको स्तर बढाउने भूमिका निर्वाहस्वरूप संचालन गरिएको उक्त शैक्षिक कार्यक्रममा अर्थ मन्त्रि शैलेन्द्र साह ,समाजसेवी लक्ष्मी महतो , नेत्री रामकुमारी महतो ,जसपाका नगर अध्यक्ष कुमरकान्त झा ,पार्टीको सल्लाहकार नवल किशोर यादव ,प्रदेश सदस्य विनोद कुमार महतो ,केन्द्रिय सदस्य रमेश कुमार महतो ,विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार सिंह ,शिक्षक विनय सिंह लगायत अन्य शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

3 घन्टा पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

3 घन्टा पहिले

जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..

जितेन्द्र कुशवाहा  महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला ..

1 दिन पहिले

युवा उम्मेदवार ई. लक्ष्मण यादवको घरदैलोमा उत्साहजनक जनस..

रोहित यादव महोत्तरी, फाल्गुन ८ गते । नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार ई. लक्ष्मण यादवले भंगाहा नगरपालि..

1 दिन पहिले

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास्थित श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो स..

4 दिन पहिले

गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..

12 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

25 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

1 महीना पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 महीना पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

2 महीना पहिले

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास..

जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..

जितेन्द्र कुशवाहा  महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्..

समावेशी र पहुँचयोग्य निर्वाचनको लागि महिला बालबालिका त..

काठमाडौँ,फागुन ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागर..