प्रहरी प्रशासनको लापरवाही ,आन्दोलित गौशाला उद्योग वाणिज्य संघ 

5 वर्ष पहिले प्रकाशित

(2078-10-23 B.S.)

3159 पटक देखिएको

निरन्जन साह 

गौशाला ,माघ २४ 

प्रहरी प्रशासनको लापरवाहीको कारणले गौशाला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ । महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको इलाका प्रहरी कार्यालयले आफ्नो जिम्मेवारी राम्ररी बहन नगरेपछि व्यापारीहरु आक्रोशित भएका छन् । सोमबार विभिन्न माग सहित गौशाला उद्योग वाणिज्य संघले प्रदर्शन गरेको छ । 

गौशाला उद्योग वाणिज्य संघको अध्यक्ष रामराजा प्रसाद साहको नेतृत्वमा भएको प्रदर्शनमा गौशालाका व्यापारीहरु सहभागी छन् ।

बजारमा चोरीका घटनाहरुको यथासिघ्र छानविन गरि दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने ,बजारमा पूर्ण रुपले शान्ति सुरक्षा व्यवस्था कायम गर्नुपर्ने ,रातिको समयमा प्रत्येक बजार प्रवेशद्वारमा चेकजाचको व्यवस्था कडा गर्नुपर्ने ,शान्ति सुरक्षा दिन नसक्ने प्रहरी प्रमुखलाइ यथासिघ्र सरुवा गर्नुपर्ने ,रात्रिको समयमा प्रहरीद्वारा पैदल गस्ती गर्नुपर्ने लगायतको माग गर्दै संघले गौशाला बजारभरि परिक्रमा गरि प्रदर्शन गरेको छ ।

गौशाला बजारमा बिगतका दिनहरुमा चोरीका घटनाहरुमा वृद्धि भईरहेको छ । बजार स्थित रहेको मिथिलांचल कम्प्लेक्समा केहि दिन अगाडी चोरी भएपछी व्यापारीहरु त्रसित भएका छन् । त्यति मात्र नभएर यहाँ मोटरसाइकल चोरीका घटना पनि प्राय घट्ने गरेका छन् । यतिका घटनाहरु घट्दा पनि प्रहरी प्रशासन मौन र निगरानीमा लापरवाही भएकोले बाध्य भएर आन्दोलनका चरणहरु गौशाला उद्योग वाणिज्य सघले घोषणा गरेका हुन् । त्यसकै अनुसार सोमबार १२ बजेसम्म सम्पूर्ण पसल तथा व्यापार बन्द गरिएको छ । 

उद्योग वाणिज्य सघले पटक पटक प्रहरी प्रशासनलाइ ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको संघका उपाध्यक्ष देव कुमार महतोले गुनासो गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिष्णु प्रदिप बस्यालले “तपाइँलाइ जे गर्नु छ गर्नुस ,हामीलाई यसमा कुनै मतलब छैन” भन्दै गैरजिम्मेवारीपुर्वक जवाफ दिएको अध्यक्ष साहले गुनासो गरेका छन्  ।

त्यस्तै उनले  माग पुरा नभएमा भोलि मंगलबार देखि शसक्त आन्दोलन गर्ने  जानकारी दिएका  छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले