मानव अधिकारको गौशालामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निरन्जन साह
गौशाला ,माघ २४
महोत्तरीको गौशाला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार निगरानी समुहको अध्यक्ष बिन्देश्वर साहको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मिहरुले गर्नुपर्ने काम कर्ताव्य , स्थानीय सरकार र पत्रकार बीच कस्तो समन्वय र साझेदारी हुन्छ भन्ने विषयमा बृहत छलफल भएको छ । गौशाला नगरपालिकाको पुरानो भवनमा बसेको अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संस्थाका मधेश प्रदेश प्रमुख राजु पासवान ,गौशाला नगरपालिका अन्तर्गत कार्यरत सदस्यहरु ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो ,पशु शाखा प्रमुख रामउदगार महतो लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गौशाला नगर भित्रका सदस्यहरुले मानव अधिकार सम्बन्धि अनेकौ गुनासो उठाएका छन् । शिक्षा स्वास्थ्य ,आवास खाद्यान्न ,सम्बन्धि कार्यलाइ मुख्य कार्यको रुपमा उद्देश्य राखी कार्य गर्दै आएको यस संस्थाले जनता र सम्बन्धित निकाय बिचलाई जोड्ने पुलको काम गरेको राजु पासवानले बताए ।
तर यस संस्थाले त्यस्तो कुनै पनि काम सक्रिय रुपमा नगरेको व्यापक आलोचना सदस्यहरुले गरेका छन् ।
संघका सदस्य रामेश्वर रायले मानव अधिकार संस्थामा जुडेको करिब तिन वर्ष पुग्न लाग्दा पनि आइडीकार्ड समेत नपाएको गुनासो गरे । कुनै ठाउमा गए पश्चात आफ्नो परिचय खुलाउने बाटो नै नरहेको भन्दै उनले दुख व्यक्त गरेका छन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनको लागि बृद्धबृद्धाहरुले बैंक धाउनु परेको समस्या छ। नगरपालिकाले वडा वडा मै पैसा पुर्याइदिए जनसमुदायलाइ सहज हुने भन्दै उनले नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।
संघका गौशाला नगरपालिकाका कोषाध्यक्ष रुद्र बहादुर बुर्जा मानव अधिकार कर्मिको गुनासो स्थानीय सरकारले नसुनेको बताए । “जब मानव अधिकारकर्मी गुनासो लिएर जान्छ, अनि जनप्रतिनिधिले समय नभएको भनि टालीदिने काम मात्र गरिदिने गर्दछ ।" उनले भने
स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतोले नगरमा स्वास्थ्य क्षेत्रमा मनग्य प्रगति भएको बताए । १५ शैया बेडको हस्पिटलको निर्माण कार्य भईरहेको जानकारी गराए ।
उपप्रमुख आशा लामाले कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीलाई पनि जोडिएको भए राम्रो हुने सल्लाह दिनु भयो । उहाले भन्नु भयो ,” प्रहरीले नै जनताको सुरक्षा गर्छ आजको कार्यक्रममा प्रहरी बिचको समन्वय हुदा उचित हुन्थ्यो । त्यस्तै सामाजिक सुरक्षा भत्ताको कुरामा सुरु देखि गुनासो आइरहेको छ । अनलाइन सिस्टमको प्रणाली लागु गरेको जसले गर्दा समस्या सिर्जना भएको बताउनु भयो ।
नगर प्रमुख शिवनाथ महतोले नगर भरिका सम्पूर्ण नागरिकताविहिन नागरिकले नागरिकता दिलाउने सोच नगरको रहेको बताए । उनले भने , “यो समस्याको समाधन स्थानीय सरकारमा नभएर संघीय सरकारको जिम्मेवारी हो यसमा हाम्रो केहि दोष छैन ।
त्यस्तै उनले १० हजार रुपैया कोरोना महामारीबाट पिडित विपन्न परिवारले पाउने रकममा हतार नगरी सहि परिवारहरुलाई छनोट गरि मात्र वितरण गरिने जानकारी समेत गराए ।
सबै मानव अधिकारकर्मीले आफ्नो परिचयपत्र पाउनुपर्ने र सबैजना मिलेर अगाडी बढ्नुपर्ने भन्दै मनतव्य व्यक्त गरेका थिए ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments