अदालतबाहिर कुमारी आमाको प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2078-10-25 B.S.)

2373 पटक देखिएको

राजन झा

२५ माघ, जनकपुरधाम ।

बलात्कारको अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाको अगाडि एक महिलाले प्रदर्शन गरेकी छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् । सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् ।

हाल उनको दुई वर्षको छोरा छन् । सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर प्रदर्शन गरेकी थिइन् । उनलाई केही अधिकारकर्मीले साथ दिएका थिए । आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छन् ।

तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम थियो । त्यस क्रममा शारीरिक सम्बन्धबाट निहारिका गर्भवती भएकी थिइन् । निहारिकाका अनुसार श्रेष्ठले गर्भ फाल्न दबाव दिएका थिए । उनले गर्भ नफाल्ने अडान लिएपछि श्रेष्ठ वेपत्ता भएका थिए ।

झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछि सफाइ दिएको थियो ।

श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने ?, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् ।

महिला अधिकारकर्मी सविता यादव, कल्याणी चौधरी पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडितलाई झन् पीडित र पीडकलाई झन् शक्तिशाली बनाएको टिप्पणी गरे ।

निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो । फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताइन् ।

‘श्रेष्ठले पैसा लिएर गर्भ फाल भनेको टेलिफोन रेकर्डसहित सबै प्रमाण अदालतमा दिएकी थिएँ । तैपनि मैले न्याय पाइनँ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले