गौशालामा वडा कार्यालय अगाडी नै फोहोरको डङ्गुर
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला बजार फोहोरमैलामा डुबेको छ वर्षौ देखि सरसफाईमा सम्बन्धित निकायले चासोपूर्ण रुपले ध्यान दिन सकेको छैन । महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार अहिले अव्यवस्थित रहेको छ ।
वडा न.५ को वडा कार्यालय अगाडी रहेको नालीमा फोहोरको डङ्गुर थुप्रिएको छ । आउने जाने मान्छेले त्यहि फोहोर फाल्छन त्यति मात्र नभएर यस स्थानमा सार्वजनिक शौचालय पनि रहेकोमा त्यहाँ ताल्चा लगाइएको र सर्वसाधारणले प्रयोग गर्न नपाउदा त्यहि बाहिर दिशा पिसाब गरेको दृश्य पनि मानिसले दिउसै देख्न सक्छन । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले त्यहाँ वर्षौदेखि रहेको फोहोर देखेर पनि अनदेखा गरिरहेका छन् ।

वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि त्यहि फोहोर फाल्ने गरेका छन् । वडा कार्यालयमा आउने जनप्रतिनिधिले त्यस फोहोरलाइ राम्ररि देखेका छन् ,तर त्यस फोहोर समस्या समाधान गर्न तिर आज सम्म कसैको ध्यान जान सकेको छैन । वडा कार्यालयबाट निस्केका फोहोरहरु पनि त्यहि फाल्ने गरिन्छ। वडा कार्यालयले त्यसलाई आफ्नो समस्याको रुपमा लिन सकेको छैन ।
जबकी आफ्नो वडा भित्र रहेका अनेक क्षेत्रमा वडा अध्यक्षले ध्यान दिनुपर्ने हो तर गैरजिम्मेवार सरह वडा अध्यक्ष धर्मेन्द्र साहले गौशाला खबरको ( राष्ट्रिय दैनिक पत्रिका ) पत्रकार संगको संवादमा उनि भन्छन, "यो हाम्रो जिम्मा छैन ,गौशाला नगरपालिकाको हो ,हाम्रो काम पनि हैन ।"
यसरी वर्षौ देखि थुप्रिएको फोहोर मैला व्यवस्थापनको लागि नगरपालिका सक्रिय हुन सकेको छैन । नगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागि १ लाख ७० हजार मासिक रुपमा खर्च गरेपनि गौशाला बजारको फोहोरको स्वरूप फेरिन सकेको छैन ।
गौशालामा फोहोर फाल्ने ठाउँको उचित व्यवस्थापन नभएकोले जहीतही फोहोर फाल्न बाध्य भएको नाम नभन्ने सर्तमा एक स्थानियले बताएका छन् ।
बजारमा रहेको घैला बजार,कपडा बजार ,तरकारी बजार ,माछा बजार लगायतका ठाउँमा वर्षौदेखि थुप्रिएको फोहोर सरसफाई हुन सकेको छैन फोहोरको डङ्गुरको बीच व्यापारीहरु आफ्नो व्यवसायी गर्न बाध्य छन् ।स्थानीय सरकार तथा गौशाला उद्योग वाणिज्य संघलाइ यस सम्बन्धि पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नलिएको अर्का एक गौशालाका व्यापारीले गुनासो गरेका छन् ।
"स्थानीय सरकार मौन छ, उनले भने , "फोहोर देखेर पनि झन् गौशाला उद्योग वाणिज्य संघ कानमा तेल हालेर बसेको छ । जताततै फोहोर नै फोहोर छ । यहाँ विहान सफा गर्ने कर्मचारीहरुले पनि निकै हेलचेक्राई गर्ने गरेका छन् । "
फोहोरमैला व्यवस्थापनमा गरिएको यस्तो वेवास्ताले यहाको स्थानीयलाई प्रत्यक्ष असर गरेको उनले गुनासो गरेका छन् । यस्तो फोहोरमा बसेर व्यापार गर्दा हाम्रो स्वास्थ्यमा समस्या पनि सिर्जना हुन्छ । जनताको स्वास्थ्य माथि स्थानीय तहले खेलवाड गरिरहेको पनि उनले आक्रोश समेत पोखेका छन् ।
गौशाला नगरपालिकाले अन्य क्षेत्रमा विकास गरेपनि फोहोरमैला व्यवस्थापनमा ध्यान दिन सकेको छैन । नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा गरिए पनि शौचालयको व्यवस्थापन हुन नसक्दा स्थानीयलाइ शास्ती भोग्नु परेको छ ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments