गौशालामा वडा कार्यालय अगाडी नै फोहोरको डङ्गुर 

4 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

4000 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला बजार फोहोरमैलामा डुबेको छ वर्षौ देखि सरसफाईमा सम्बन्धित निकायले चासोपूर्ण रुपले ध्यान दिन सकेको छैन  ।  महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार अहिले अव्यवस्थित रहेको छ ।  

वडा न.५ को वडा कार्यालय अगाडी रहेको नालीमा फोहोरको डङ्गुर थुप्रिएको छ । आउने जाने मान्छेले त्यहि फोहोर फाल्छन त्यति मात्र नभएर यस स्थानमा सार्वजनिक शौचालय पनि रहेकोमा त्यहाँ ताल्चा लगाइएको र सर्वसाधारणले प्रयोग गर्न नपाउदा त्यहि बाहिर दिशा पिसाब गरेको दृश्य पनि मानिसले दिउसै देख्न सक्छन ।   नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले त्यहाँ वर्षौदेखि रहेको फोहोर  देखेर पनि अनदेखा गरिरहेका छन् ।

वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि त्यहि फोहोर फाल्ने गरेका छन् ।   वडा कार्यालयमा आउने जनप्रतिनिधिले त्यस फोहोरलाइ राम्ररि देखेका छन् ,तर त्यस फोहोर समस्या समाधान गर्न तिर आज सम्म कसैको ध्यान जान सकेको छैन । वडा कार्यालयबाट निस्केका फोहोरहरु पनि त्यहि फाल्ने गरिन्छ। वडा कार्यालयले त्यसलाई आफ्नो समस्याको रुपमा लिन सकेको छैन । 

जबकी आफ्नो वडा भित्र रहेका अनेक क्षेत्रमा वडा अध्यक्षले ध्यान दिनुपर्ने हो तर गैरजिम्मेवार सरह वडा अध्यक्ष धर्मेन्द्र साहले गौशाला खबरको ( राष्ट्रिय दैनिक पत्रिका ) पत्रकार संगको संवादमा उनि भन्छन, "यो हाम्रो जिम्मा छैन ,गौशाला नगरपालिकाको हो ,हाम्रो काम पनि हैन ।"  

यसरी वर्षौ देखि थुप्रिएको फोहोर मैला व्यवस्थापनको लागि नगरपालिका सक्रिय हुन सकेको छैन ।   नगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागि १ लाख ७० हजार मासिक रुपमा खर्च गरेपनि गौशाला बजारको फोहोरको स्वरूप फेरिन सकेको छैन ।  

गौशालामा फोहोर फाल्ने ठाउँको उचित व्यवस्थापन नभएकोले जहीतही फोहोर फाल्न बाध्य भएको नाम नभन्ने सर्तमा एक स्थानियले बताएका छन् ।  

बजारमा रहेको घैला बजार,कपडा बजार ,तरकारी बजार ,माछा बजार लगायतका ठाउँमा वर्षौदेखि थुप्रिएको फोहोर सरसफाई हुन सकेको छैन फोहोरको डङ्गुरको बीच व्यापारीहरु आफ्नो व्यवसायी गर्न बाध्य छन् ।स्थानीय सरकार तथा गौशाला उद्योग वाणिज्य संघलाइ यस सम्बन्धि पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नलिएको अर्का एक गौशालाका व्यापारीले गुनासो गरेका छन् ।  

"स्थानीय सरकार मौन छ, उनले भने , "फोहोर देखेर पनि झन् गौशाला उद्योग वाणिज्य संघ कानमा तेल हालेर बसेको छ ।   जताततै फोहोर नै फोहोर छ ।   यहाँ विहान सफा गर्ने कर्मचारीहरुले पनि निकै हेलचेक्राई गर्ने गरेका छन् ।  "

फोहोरमैला व्यवस्थापनमा गरिएको यस्तो वेवास्ताले यहाको स्थानीयलाई प्रत्यक्ष असर गरेको उनले गुनासो गरेका छन्  ।   यस्तो फोहोरमा बसेर व्यापार गर्दा हाम्रो स्वास्थ्यमा समस्या पनि सिर्जना हुन्छ ।   जनताको स्वास्थ्य माथि स्थानीय तहले खेलवाड गरिरहेको पनि उनले आक्रोश समेत पोखेका छन् ।  

गौशाला नगरपालिकाले अन्य क्षेत्रमा विकास गरेपनि फोहोरमैला व्यवस्थापनमा ध्यान दिन सकेको छैन ।   नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा गरिए पनि शौचालयको व्यवस्थापन हुन नसक्दा स्थानीयलाइ शास्ती भोग्नु परेको छ  ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले