काव्या अस्पतालमा आमासहित जुमल्याहा शिशुको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

2268 पटक देखिएको

राजन झा 

जनकपुरधाम, माघ २६ गते ।

अस्पतालको लापरवाहीले जनकपुरधाममा आमा र नवजात शिशुको मृत्यु भएको पिडित परिवारले आरोप लगाएका छन् ।

जनकपुरधाम स्थित काव्या अस्पतालमा चिकित्सकको लापरवाहीका कारण आमासहित जुमल्याहा शिशुको मृत्यु भएको भन्दै पिडित परिवारजनले अस्पतालमा तोडफोड समेत गरेका हुन् । गत सोमबार अस्पतालमा भर्ना भएकी धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुन र उनका नवजात जुमल्याहा शिशुको ज्यान गएको छ ।

मृतकका परिवारजनले चिकित्सकको लापरबाहीले बिरामी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् । डाक्टरहरु मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेर निकालेका शिशुमध्ये एकको गर्भमै मृत्यु भईसकेको र अर्का शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर, केही घण्टामै अर्को शिशुको पनि मृत्यु भएको थियो । मृतकका श्रीमान यैजुबले अस्पतालमा चिकित्सकले शिशुलाई बचाउन नसकेपनि आमा निको हुने भन्दै उपचार जारी राखेपनि बुधबार बिहान महिलाको मृत्यु भएको आरोप लगाए ।

यता, काव्या अस्पताल प्रशासनले महिला भर्ना भएकै दिनदेखि प्लेटलेटको मात्रा कम भएकोले अस्पतालकै चिकित्सक डा. रमित राजलगायत अन्य कर्मचारीहरु मिलेर ६/७ पोका रगत दिई उनलाई बचाउने कोशिस गरेको दावी गरेका छन् । अस्पतालका सञ्चालक डाक्टर एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको दावी गरे । उनले एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक उपाय अवलम्बन गरिएको दावी गरे ।

महिलाको अवस्था क्रिटिकल हुन लाग्दा आफूहरुले बाहिर लग्न परिवारजनलाई जानकारी गराईसक्दा समेत उनीहरुले यहाँ नै उपचार जारी राख्न भनेपछि अस्पतालले उपचारको हरेक प्रयास गरेको डा. सिंहले बताए । तर मृतकका श्रीमानले भने चिकित्सकहरुको लापरवाहीको कारण श्रीमती र नवजात शिशुहरुको मृत्यु भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले