काव्या अस्पतालमा आमासहित जुमल्याहा शिशुको मृत्यु
राजन झा
जनकपुरधाम, माघ २६ गते ।
अस्पतालको लापरवाहीले जनकपुरधाममा आमा र नवजात शिशुको मृत्यु भएको पिडित परिवारले आरोप लगाएका छन् ।
जनकपुरधाम स्थित काव्या अस्पतालमा चिकित्सकको लापरवाहीका कारण आमासहित जुमल्याहा शिशुको मृत्यु भएको भन्दै पिडित परिवारजनले अस्पतालमा तोडफोड समेत गरेका हुन् । गत सोमबार अस्पतालमा भर्ना भएकी धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुन र उनका नवजात जुमल्याहा शिशुको ज्यान गएको छ ।
मृतकका परिवारजनले चिकित्सकको लापरबाहीले बिरामी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् । डाक्टरहरु मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेर निकालेका शिशुमध्ये एकको गर्भमै मृत्यु भईसकेको र अर्का शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर, केही घण्टामै अर्को शिशुको पनि मृत्यु भएको थियो । मृतकका श्रीमान यैजुबले अस्पतालमा चिकित्सकले शिशुलाई बचाउन नसकेपनि आमा निको हुने भन्दै उपचार जारी राखेपनि बुधबार बिहान महिलाको मृत्यु भएको आरोप लगाए ।
यता, काव्या अस्पताल प्रशासनले महिला भर्ना भएकै दिनदेखि प्लेटलेटको मात्रा कम भएकोले अस्पतालकै चिकित्सक डा. रमित राजलगायत अन्य कर्मचारीहरु मिलेर ६/७ पोका रगत दिई उनलाई बचाउने कोशिस गरेको दावी गरेका छन् । अस्पतालका सञ्चालक डाक्टर एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको दावी गरे । उनले एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक उपाय अवलम्बन गरिएको दावी गरे ।
महिलाको अवस्था क्रिटिकल हुन लाग्दा आफूहरुले बाहिर लग्न परिवारजनलाई जानकारी गराईसक्दा समेत उनीहरुले यहाँ नै उपचार जारी राख्न भनेपछि अस्पतालले उपचारको हरेक प्रयास गरेको डा. सिंहले बताए । तर मृतकका श्रीमानले भने चिकित्सकहरुको लापरवाहीको कारण श्रीमती र नवजात शिशुहरुको मृत्यु भएको दाबी गरेका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments