काव्या अस्पतालमा चिकित्सकमाथि हातपात

4 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

2529 पटक देखिएको

राजन झा,२७ माघ । 

जनकपुर स्थित काव्या अस्पतालमा आमा र नवजात शिशुको मृत्यु पछि अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि हातपात समेत गरिएको छ ।

मृतक महिलालाई आफ्नो रगत दिएर बचाउन खोजेका चिकित्सक डा. रमित राज माथि नै पिडित पक्षबाट हातपात भएको हो । सोमवार राती अस्पताल भर्ना भएकि धनुषाधाम नगरपालिका ७ किसानपुरका यैजुव अन्सारीका २५ वर्षिय श्रीमति मुर्सरफ खातुन गर्भवति रहेकोमा घरमै अवस्था सिकित्स भएपछि उनलाई काव्या अस्पताल भर्ना गरिएको तर अस्पतालमा उनको शल्यकृया मार्फत वच्चा निकाल्दा एउटा वच्चा मृत रहेको र अर्को बच्चाको अवस्था समेत नाजुक रहेकोमा उनको समेत केहि घन्टा पछि मृत्यु भएको थियो ।

यता सिकित्स अवस्थामा रहेकि खातुनको समेत उपचारकै क्रममा बुधवार विहान ७ः४५ मा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले अस्पतालकै लापरवाहीका कारण नवजात शिशुको र खातुनको मृत्यु भएको आरोप लगाएका छन । पिडित पक्षबाट अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि समेत हातपात भएको बताइएको छ । 
यता महिला र नवजातको मृत्यु भएको वारे काव्या अस्पतालका संचालक डा. सुधेन्दु सिंहले खातुनको मृत्यु अस्पतालको लापरवाहीले नभई उनको अवस्था ज्यादै नाजुक र किडनी समेत काम गर्न छाडेपछि भएको प्रतिकृया दिएका छन ।

डा. सिंहले पिडिले सोमवार राती नै फोन गरि एम्बुलेन्स मागेकोमा तत्काल एम्बुलेन्स उपलब्ध नहुदा उनलाई अर्को एम्बुलेन्समा अस्पताल लिएर आउन र उक्त एम्बुलेन्सको भाडा समेत अस्पतालले बेहोर्ने बताएको भने । सो पश्चात राती करिव १२ बजे खातुनलाई अस्पताल भर्ना गरिएकोमा उनको बिपी २००,प्लेटलेट्स एकलाख पचास हजार भन्दा वढी हुनु पर्नेमा ४७ हजार,किडनीले काम नगरेपछि पिसाव बन्द रहेको अवस्था रहेको बताए ।

अस्पतालले उनको उपचार सुरु गरेको र उनको शल्यकृया गर्नु पर्नेमा प्लेटलेटस कम भएकोले तत्काल रगतकै आवश्यक्ता परेकोमा आफन्तबाट रगत उपलब्ध नभएपछि तत्काल ड्युटीमा कार्यरत डा.रमित राज र एकजना अन्य स्वास्थ्यकर्मीले रगत दिएर शल्यकृया सुरु गरिएको डा.सिंहले महोत्तरी टाइम्सलाई बताए । 
डा.सिंहले अगाडी थपे,“स्त्रिरोग विशेषज्ञ डा.सोनिया सिंह र डा. मुकेश गामी तथा एनेस्थेसियाका डा. विनय महासेठको टोलीले शल्यकृया गरेकोमा एउटा नवजात शिशु मृत अवस्थामा निकालिएको र अर्कोको समेत अवस्था ज्यादै नाजुक रहेको उनलाई तत्काल भेन्टिलेटरमा राखियो । तर सो वच्चा समेत बाच्न सकेन र केहि घन्टामै मृत्यु भयो यता किडनी नै काम नगरेको अवस्थामा मृतक खातुनलाई अन्यत्र लग्ने भए लग्नुस भनेर आफैले समेत बताएकोमा पिडितपक्षले नै आफुसंग त्यही पैसा नभएको तपाईमाथि नै विश्वास रहेको भन्दै यहि उपचार गर्न भनेकोमा उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । तर दुर्भाग्य उनलाई हामीले बचाउन सकेनौ । हामी चिकित्सक छौ हामीले प्रयास गर्ने हो । हामीले भरपुर प्रयास गरेका हौ । ”

यता पिडित पक्षले अस्पतालको खर्च समेत धेरै हुने भएर चिन्तित रहेकोमा आफुले नै उनलाई खातुनलाई बचाउन असमर्थ भए एक पैसा समेत अस्पतालमा तिर्नु नपर्ने बताएको डा.सिंहले थपे । उनले दुई दिनको अवधीमा ७ प्याकेट रगत आवश्यक परेकोमा सो मध्ये ५ पोका अस्पतालका कर्मचारीले नै दिएको बताए । डा.सिंहले आफुले प्रतिकृया दिएको सम्पुर्ण शव्दहरुको सिसिटिभी फुटेज सहितको प्रमाण सुरक्षित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले