गौशालामा संचार मन्त्रि साहद्वारा सुधार गृह भवन र विद्यालय भवनको शिलान्यास

4 वर्ष पहिले प्रकाशित

(2078-10-27 B.S.)

5868 पटक देखिएको

ममता शर्मा

गौशाला , माघ २७ ।

महोत्तरीमा सहिद शेखर स्मृति सुधार गृह तथा विद्यालयको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा .८ बेल्गाछी स्थित सहिद शेखर स्मृति सुधार गृह र वडा न.६ फुलकाहा स्थित मा.वि. भेडीयाही फुलकाहाको भवनको शिलान्यास आज एकैदिन मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले गरेका छन्  ।

नगरपालिकाको वडा न.८ स्थित सोनी खोलाको किनारमा प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लगानीमा सुधार गृहको निर्माण हुन लागिएको आन्तरिक मामिला तथा संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महराले जानकारी दिएका छन्। असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुने सो गृह २ तल्ला सम्मको हुने तथा केहि दिन अगाडी देखि नै भवनको  निर्माण कार्य भईरहेको पनि महराले जानकारी दिएका छन् ।

त्यस्तै नगरपालिकाको वडा न.६ फुलकाहा स्थित २० लाखको लागतमा प्रदेश सरकारको लगानीमा मा.वि. भेडीयाही फुलकाहाको भवन निर्माण भइरहेको संचार मन्त्रिका स्वकीय सचिव श्री किशोर साहले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा संचार मन्त्रि भरत प्रसाद साह ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरका प्रवक्ता तथा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी , संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महरा, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापा ,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विजय कुमार साह,काशी महतो ,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सुधार गृह भवनको शिलान्यास पश्चात मन्त्रि साहले आफ्नो मन्तव्य व्यक्त गर्दै लागु औषधको कुलतमा फसेका युवाहरुलाइ लक्षित गरि उनीहरुलाई सुधार्ने उद्देश्यले यस गृहको निर्माण गर्न लागिएको बताए । उनले भने ,"मधेश प्रदेशमा लागु औषध सेवन तथा यसको ओसारपोसारको बिगीबिगी बढेको छ । जसले गर्दा सोसाइटीका अनेकौ विद्यमान समस्याहरु सिर्जना भईरहेका छन् । कुलतमा फसेका सन्तानका परिवार पिडित छन् । यसले समाजको भविष्य खतराजनक हुन सक्छ ।" यस्ता लागु औषधको कुलतको समस्यालाइ निराकरण गर्नको लागि मधेश प्रदेशको बीच क्षेत्रमा पर्ने यस बेल्गाछीमा गृहको निर्माण गर्न लागिएको उनले बताए ।

त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष शिवनाथ महतोले सुधार गृहको निर्माणले सम्पूर्ण जनसमुदायलाई महत्वपूर्ण योगदान पुर्याउने दावी गरेका छन् । उनले गौशाला नगरपालिकामा विकास निर्माणका अनेकौ कार्य भईरहदा यस गृहको निर्माणको थालनीले भावी समयमा नमुनाको रुपमा चिनारी प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन् । साथै उनले अगामी दिनमा नगरपालिकाले यस संस्थालाई व्यवस्थित गर्नका निम्ती सक्दो सहयोग गरी हरेक किसिमको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले