बहुदरमाइ नगरपालिकाका मेयरले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप
पवन प्रसाद साह
पर्सा ,फाल्गुन १
कोरोना माहामारीको भयावह अवस्थालाई बेवास्था गर्दै विरगंज नगरपालिकाका जनताले मेयरलाई खोज्दा उनी आफ्नो व्यापारमा रमाएको जनताको गुनासो छ ।
मेयर नितेन्द्रले विरगंज महानरपालिका वडा नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन। करिव ७० प्रतिशत काम सम्पन्न भएको पार्टी प्यालेस पहिले उनले पलटिङ्गको लागि लिएका थिए तर राज्यको निति परिर्वतन र लाभकर चोर्न नपाईने भए पछि उनले विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गा बिक्रि गरी हाल त्यसलाई पार्टी प्यालेसको रुपमा परिणत गर्दैछन् ।
पहिले उक्त जग्गा पलटिङ्ग गर्दा पश्चिम पट्टि ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेका , त्यसमा जग्गा लिने एक ग्राहकले जानकारी गराए तर हाल आएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो १५ फिट छोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् ।

समाजका व्यक्तिहरुले आग्रह गर्दा समेत अटेरी गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन। अहिले आएर टोलका जनताले वडामा निर्माण प्रक्रिया सुधारका लागि निवेदन दिएका छन र वडा अध्यक्ष तुफान हवारीले आफ्नो जिम्मेवारी सम्झी निर्माण कार्य रोक्न पत्र समेत काटिसकेका छन र मेयरलाई बुझ्न बोलाउदा नआउने भनि अटेरी गर्दा वडा अध्यक्षले उक्त सुचना टाँस गरेका छन । तर वडा कार्यालय र नगरपालिकाको पत्रलाई अटेरी गर्दै आफ्नो निमार्ण कार्यलाई अगाडी बढाएको देखेर कानुनको पालकले नै कानुनको धज्जिया उडएको देख्दा उनको दादागिरी उजागर भएको छ ।
दिन पहिला मेयरले नगरपालिकाले नरपालिकाको जेसीवी र ट्रयाक्ट्रर यसै निर्माण कार्यमा प्रयोग गरेको समाचार बाहिर आएको थियो । साथै कोरोना माहामारीमा रासन वितरणमा कुहिएको चामल बाडेको भनी समाचार पनि बाहिर आएको थियो तर पैसा र पदले भरिपूर्ण मेयरले कानुन धज्जिया उडाएको देख्ता सारा पर्साबासी चकित भएका छन ।
तत्कालीन गा.वि.स नगरदाहाँ र हाल बहुदरमाई नगरपालिका वडा न. ५ बस्ने एक समान्य परिवारमा जन्मेका र बुवा सडक विभागमा समान्य सब ओभरसियर रहेका मदन साहका छोरा हुन । अहिलेको बहुदरमाईको मेयर नितेन्द्र साह बिगतमा विरगंजमा पलटिङ्ग कार्यबाट सरकारलाई तिर्ने कर छली गरी मगनै पैसा कमाउन सफल भएका हुन ।
विगतमा पलटिङ्ग कार्य रोकेको हुनाले अहिले यो कार्यबाट उनी किनारा लागेका छन् । त्यस्तै साहले, व्याजमा पैसा कमाउने देखि लिएर,डाबर नेपालभन्दा २०० मिटर अगाडी साह पेट्रोल पम्पको नामले टंकी,विरगंज मेनरोड माइ स्थान भन्दा वरै र घन्टाघर भन्दा तल सगुन होटेल मेयर नितेन्द्र साहकै हो । त्यो होटेल प्राप्त कसरी गरे बुझ्दा उनले त्यस घरको मालिकलाई सैकडा ४ को व्याजमा कर्जा दिएका थिए र पछि व्याजमै त्यो सम्पती हतियाए ।
विरगंज पानी टंकीमा फुलबारी टोलमा बस्दै आएका नितेन्द्रको राजनितीक पहिचान केही पनि थिएन । वर्तमान चुनावी प्रतिस्पर्धा पैसा मुखी भएकाले नितेन्द्रलाई कांग्रेस नेताले अगाडी सारे र उनी करोडौ खर्च गरेर चुनवी नतिजा आफनो हात पारे तर चुनाव जितेको दिन देखी नै उनी छिटपुट मात्र नगरपालिका कार्यालय आउने गरेको भनि एक कर्मचारी नाम नबताउने सर्तमा भने ।
साथै त्यस कार्यलयका वरीपरीको जनता सँग बुझ्दा मेयर कार्यालयको कर्मचारीहरुले बेलाउँदा या आफ्नो काम पर्दा मात्र आउने गरेको बताए । साथै उनी आउँदा पनि कुर्सीमा सुतने गरेको बताए । अहिले मेयर नितेन्द्रले विरगंज महानरपालिका वडा नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा पार्टी प्यालेस बनाउने तरखरमा देखिन्छन ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments