गौशालामा वेवारिसे अवस्थामा गर्भवती महिलाको शव फेला
ममता शर्मा
गौशाला ,फाल्गुन ४
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मीनिया जंगलमा एक गर्भवती महिलाको शव फेला परेको छ । बुधबार बिहान सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा ५०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जनाएको छ ।

स्थानीयको भनाइ अनुसार दाउरा लिन गएका केहि व्यक्तिहरुले शव देखेपछी गाउँमा हल्ला भएको थियो । घटनाको खबर पाएपछी जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सुनिल धाँजुको कमाण्डमा खटिगएको टोलिले शवको मुचुल्का गरि अनुसन्धानको लागि कुकुर परिचालन गरिएको छ ।
फेला परेको शव करिव २५–२६ वर्षीय पहिचान नखुलेको महिलाको रहेको प्रहरीले जनाएको छ । महिला गर्भवती अवस्थाको रहेको र घाटीमा डाम तथा निधारमा गम्भीर चोट लागेको ,आखा सुन्निएको ,ओठ फाटेको देखिएकोले उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
त्यस्तै मंगलबार साझ गौशालामा दुइ बच्चा वेवारिसे अवस्थामा फेला परेका छन् । लक्ष्मीनिया जंगलबाट गाउँतिर आउने बाटोको एक होटलमा मंगलबार करिब साझ ५ बजे तिर फेला परेका हुन् ।

फेला परेका दुई बच्चाहरु अहिले स्थानीयवासी दिनेश महतोको आश्रयमा रहेका छन्। नेपाल रेडक्रस सोसाईटी उपशाखा गौशालाका उपसभापतिसमेत रहेका महतोले ती वालकहरुलाई संरक्षणमा लिई स्यारसुहार गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बच्चालाई सोधपुछ गर्दा एक बच्चा भन्छन ,"मेरो बुबाको नाम अजय हो र मेरो अंकलले यो होटलमा मलाई छोडेर मेरो आमालाई लिन गाको छ ।"
दुइ बच्चा मध्य एक बच्चा करिब ५ वर्षीय र अर्का करिब डेढ वर्षको रहेका छन् । डेढ वर्षको बच्चाको निधारको छेउमा लागेको रातो रंग र सो मृत महिलाको खुट्टामा लागेका रातो रंग एकै नासको जस्तो देखिएकोले बच्चा र मृत महिलाको केहि सम्बन्ध हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
घटनाको विशेष अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments