एक पुरुषको हत्या : टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा फेला
फाल्गुन ५ ,बिहिबार
धरानमा एक पुरुषको हत्या भएको छ । हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको छ। टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले जानकारी दिए।
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र अन्दाजी ४० वर्षभन्दा माथिका पुरुषको टाउको र खुट्टा फेला परेको हो। सडकबाट करिब १०/१२ मिटर तल जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको प्रहरीले बताएको छ।
स्थानीयवासीले शंकास्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले झोलाबाट टाउको र खुट्टा निकालेको हो। ‘टाउको र खुट्टा भेटिएपछि हामीले शरीको भाग पनि खोजी सुरु गर्यौं। केही पर झाडीमा शरीरको भाग पनि भेटियो’ डीएसपी कुँवरले भने।कुँवरका अनुसार अन्यत्र कतै हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा सो ठाउँमा ल्याएर फालिएको जस्तो देखिएको बताए। शवको प्रकृति हेर्दा करिब एक साता अघि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। फरेन्सिक विज्ञसहितको टोलीले लाशजाँच मुचुल्का गरी शव उठाएको छ। शव पोस्टमार्टमका लागि पठाइने तयारी प्रहरीले गरेको छ।
उक्त शव कसको हो भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन। शवको सनाखत गर्नका लागि कोही व्यक्ति हराएको भए आफन्तले प्रहरीसमक्ष सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।
‘हत्या गरिएको अवस्थामा शव भेटिएको र अहिलेसम्म सनाखत हुन नसकेपछि हामीले मिसिङ फाइल पल्टाउन थालेका छौं। छिमेकी जिल्लामा पनि मान्छे हराएको भन्दै उजुरी परेको भए त्यसको विवरण पनि पठाउन प्रहरी कार्यालयहरूलाई अनुरोध गरिएको छ’ डीएसपी कुँवरले भने।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments