एक पुरुषको हत्या : टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा फेला

4 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

4529 पटक देखिएको

फाल्गुन ५ ,बिहिबार 

धरानमा एक पुरुषको हत्या भएको छ । हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको छ। टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले  जानकारी दिए। 

धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र अन्दाजी ४० वर्षभन्दा माथिका पुरुषको टाउको र खुट्टा फेला परेको हो। सडकबाट करिब १०/१२ मिटर तल जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको प्रहरीले बताएको छ। 

स्थानीयवासीले शंकास्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले झोलाबाट टाउको र खुट्टा निकालेको हो। ‘टाउको र खुट्टा भेटिएपछि हामीले शरीको भाग पनि खोजी सुरु गर्‍यौं। केही पर झाडीमा शरीरको भाग पनि भेटियो’ डीएसपी कुँवरले भने।कुँवरका अनुसार अन्यत्र कतै हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा सो ठाउँमा ल्याएर फालिएको जस्तो देखिएको बताए। शवको प्रकृति हेर्दा करिब एक साता अघि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। फरेन्सिक विज्ञसहितको टोलीले लाशजाँच मुचुल्का गरी शव उठाएको छ। शव पोस्टमार्टमका लागि पठाइने तयारी प्रहरीले गरेको छ। 

उक्त शव कसको हो भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन। शवको सनाखत गर्नका लागि कोही व्यक्ति हराएको भए आफन्तले प्रहरीसमक्ष सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

‘हत्या गरिएको अवस्थामा शव भेटिएको र अहिलेसम्म सनाखत हुन नसकेपछि हामीले मिसिङ फाइल पल्टाउन थालेका छौं। छिमेकी जिल्लामा पनि मान्छे हराएको भन्दै उजुरी परेको भए त्यसको विवरण पनि पठाउन प्रहरी कार्यालयहरूलाई अनुरोध गरिएको छ’ डीएसपी कुँवरले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले