दूधको मूल्य निर्धारण ,निजी क्षेत्रलाइ अस्वीकार

4 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

2611 पटक देखिएको

फाल्गुन ५ ,बिहिबार 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको छ ।

डीडीसीले दूधको मूल्य निर्धारण गरेपछि निजी क्षेत्रले पनि त्यसैलाई मान्यता दिने चलन थियो तर यस पटक निजी क्षेत्रले त्यसलाई अस्वीकार गरेको छ ।

निजी क्षेत्रले प्रतिलिटर १० रुपियाँ वृद्धि गरी आफ्नो दूधको मूल्य ८६ रुपियाँ निर्धारण गरेपछि कृषि मन्त्रालयले अहिले आएर मूल्य निर्धारण गर्ने कार्य आफ्नो मातहतको नरहेको बताउन थालेको छ ।

कृषि मन्त्रालयका पशुपन्छीतर्फका वरिष्ठ अधिकृत डा. नवीन घिमिरेले दूधको मूल्य आफूहरूले किसानका लागि मात्र निर्धारण गरेको, त्यसलाई निजी क्षेत्रले मान्ने कि नमान्ने आफूहरूको सरोकारको विषय नरहेको बताउनुभयो । उहाँले डेरी उद्योग उद्योग मन्त्रालयअन्तर्गत भएकाले त्यो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्षेत्र भएको बताउनुभयो ।

डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले आफूहरूले निर्धारण गरेको दूधको मूल्य निजीले स्वीकार नगरेको जानकारी दिनुभयो । “डीडीसीले मूल्य निर्धारण गरेपछि निजी क्षेत्रले पनि त्यसलाई मान्यता दिनुपर्ने चलन थियो तर यसपटक उनीहरूले किन स्वीकार गरेनन्, त्यसबारे जानकारी छैन,” उहाँले भन्नुभयो ।

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले सरकारले दूधको मूल्य निर्धारणमा निजी क्षेत्रको सुझाव नमानेका कारण छुट्टै मूल्य निर्धारण गरेको बताउनुभयो ।

कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्ड र डीडीसीले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रतिवेदन सरकारलाई दिएको छ तर सरकारले प्रतिलिटर नौ रुपियाँ मात्र निर्धारण गरेको बताउनुभयो । बोर्डले दूधको मूल्य निर्धारण गर्नका लागि गठन गरिएको कार्यदलमा मन्त्रालयका प्रतिनिधि पनि थियो ।

बोर्डका अध्यक्ष स्वयं कृषिमन्त्री नै हुनुहुन्छ तर आफैँले प्रस्ताव गरेको मूल्य निर्धारण नगरी सरकारले नौ रुपियाँ मूल्य निर्धारण गरेकोप्रति आफूहरूको असहमति रहेको बताउनुभयो ।

अहिले हरेक कुराको मूल्य वृद्धि भएको छ, त्यसको तुलनामा दूधको मूल्य प्रतिलिटर नौ रुपियाँ मात्र गर्नुलाई आफूहरूले स्वीकार नगर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले