जयनगरमा फर्निचर मेला,आकर्षणको केन्द्र विन्दु

4 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

3863 पटक देखिएको

फागुन ५, बिहिबार 

रौतहट ।

काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् ।

अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयहरु खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करण कुमार मिश्राले बताए । 

साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइन गरेको उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताहरुका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ ।

मेलामा आकर्षक तरिकाले बुट्टा कुदिंएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिंया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी मेलामा विक्रीका लागि राखिएका छन् ।

नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला शुरु भएको हो । श्रीपञ्चमीको अवसरमा शुरु भएको मेला करीब एक महीनासम्म लाग्ने आयोजकले बताएको छ । मेलामा फर्निचर सामग्री विक्री गर्दै आएका व्यवसायीहरुले हरेक वर्ष दोब्बर सामग्री विक्री गर्ने गरेको बताएका छन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् ।

मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गत वर्ष ४ करोड रुपैयाँको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने उनले बताए ।

यहाँका फर्निचर सामग्रीहरु सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले