मधेस प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाइने
फाल्गुन ५ ,बिहिबार
मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोको रूपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् ।
बिहीबार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्घोष गरे अनुरूप पहिलो खुड्किलोको रूपमा प्रतिष्ठानलाई अघि बढाएको बताए ।
विषम परिस्थितिमा शुरु भएको प्रतिष्ठान एक वर्ष भित्रै ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टीकृत सेवाको सञ्चालन गर्नु स्वागत योग्य रहेको समेत जानकारी गराए। प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरूको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिसामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।
प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भई सकेको र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए। त्यसैगरि प्राविधिक शिक्षा सम्बन्धी विधेयक समेत संसद्मा विचाराधीन रहेकोले एक महिना भित्रै पास हुने विश्वास व्यक्त गरे।
उनले विधेयक पास भए लगतै प्रदेश भरिका सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन सहज हुने विश्वास व्यक्त गरे । उनले भने , प्राविधिक शिक्षा सम्बन्धी विधेयक ल्याउनु जरुरी थिएन, सिटिइभिटी प्रदेश मातहत हुनु पर्ने थियो । तर सङ्घीय कुनीतिका प्रदेशमा प्राविधिक शिक्षा विधेयक ल्याउनु परेको हो ।
एक फरक प्रसङ्गमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री राउतले हाल सञ्चालनमा रहेको स्थान बाट अन्यत्र नसर्ने दाबी गर्नु भएको छ । गुठी मातहत रहेको जग्गा हाल मणीपालले लिजमा लिएको भए पनि जग्गा प्राप्तिको प्रक्रिया प्रदेशले शुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments