लोसपा र काँग्रेसलाई टक्कर दिने अभियानमा जसपा

4 वर्ष पहिले प्रकाशित

(2078-11-06 B.S.)

2653 पटक देखिएको

फाल्गुन ६ , शुक्रबार 

धनुषा–३ काँग्रेसका हस्ती स्वर्गीय महेन्द्रनारायण निधिदेखि उनका छोरा विमलेन्द्र निधिको गढको रुपमा रहदै आएको छ । निधिको गृहनगर क्षेत्र रहेतापनि २०७४ सालको संसदीय चुनावमा भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराए । महतोले ३०७५० मत पाएका थिए भने निधिले २७८४७ मत ल्याइ टक्कर दिएका थिए । हाल लोसपाका वरिष्ठ नेता महतो सो क्षेत्रको स्थानीय निर्वाचनमा आफ्नो पकड कायमै राख्न चाहन्छन् । 

उता निधि मधेसी दलको टुटफुटको फाइदा उठाउँदै काँग्रेस जनप्रतिनिधि जिताउन उद्यत छन् । उनी कार्यकर्ता भेटघाटमा सक्रिय छन् । यही क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिले धनुषा–३ लाई विशेष मध्यनजर गर्दै काँग्रेसको गढ तोड्न सक्रियतापूर्वक पार्टी प्रवेशलाई निरन्तरता दिएका छन् । 

हालै जसपा अध्यक्ष यादवले मुखियापट्टी मुसरहनीया गाउँपालिका तथा धनौजी गाउँपालिकामा निकै तामझामका साथ ठूलो संख्यामा काँग्रेस र एमालेबाट नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याए । सो क्षेत्रमा हुने विभिन्न धार्मिक कार्यक्रमहरुमा पनि उनी सहभागी हुन थालेका छन् । 

लोसपाका वरिष्ठ नेता महतो आफ्नो निर्वाचन क्षेत्रलाई सुरक्षित राख्न  घरदैलो गर्नेदेखि जनगुनासो सुन्ने कार्यक्रमलाई अघि बढाएका छन् । उनले कार्यकतो भेट्ने बहानामा मोर्निङ वाकलाई समेत प्राथमिकता दिन थालेका छन् । धनुषा–३ बाटै पुनः प्रतिनिधिसभामा उम्मेदवारी दोहोर्याउने भएपछि उनले स्थानीय तहको निर्वाचनमा समेत सक्रियता बढाएको लोसपा  धनुषाका जिल्ला सदस्य रोहित चौधरीले बताए ।

बुद्धिजीवी नित्यानन्द मण्डल विगतदेखि अहिले पनि काँग्रेसको पकेट एरियाको रुपमा धनुषा क्षेत्र–३ रहँदै आएको बताउँछन् । तर मधेस केन्द्रित दलले अझै पनि काँग्रेसलाई यस क्षेत्रमा काउन्टर दिने उनको भनाइ छ । यस क्षेत्रमा सांगठनिक रुपमा अत्यन्तै बलियो मानिएको काँग्रेस चुनावी प्रतिस्पर्धामा भने दिनप्रतिदिन कमजोर सावित हुँदै गएको छ । धनुषा–३ को २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेस नगराइन नगरपालिका र धनौजी गाउँपालिका गरी दुई वटा पालिकामा मात्र झण्डा फहराउन सफल भएको थियो । मुखियापट्टी मुसरहनीया गाउँपालिकामा भने नेकपा एमाले जनप्रतिनिधि निर्वाचित भएका थिए । यो क्षेत्रमा एमाले,  माओवादी दुबै कमजोर छन् । तर आफ्नो बलिया उपस्थिति देखाउन संगठन सुदृढीकरणमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले