आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिईने

4 वर्ष पहिले प्रकाशित

(2078-11-06 B.S.)

2566 पटक देखिएको

फाल्गुन ६ , शुक्रबार 

साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने भएको छ ।

फेब्रुअरी २० अर्थात् आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने र आवेदन दिन दूतावास जाँदा अनिवार्य रूपमा प्री इनरोलमेन्ट गर्नपर्छ ।

प्री इनरोलमेन्ट गरेर जाने आवेदकहरूको मात्र विद्युतीय राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाइने सूचनामार्फत दूतावासले जानकारी दिएको छ । 

प्रारम्भिक चरणमा सीमित बुकिङ खुला गरिएको भन्दै दूतावासले अहिले राहदानीको अवधि सकिएका वा ६ महिनाभन्दा कम अवधि रहेकाहरूलाई मात्र आवेदन दिन अनुरोध गरेको छ ।

साउदी अरबबाटै विद्युतीय राहदानीको लागि आवेदन दिनेले राष्ट्रिय परिचयपत्र नम्बर राख्न पर्दैन । दूतावासमा जाँदा प्री इनरोलमेन्ट गर्दा प्राप्त भएको बारकोडसहितको फारम डाउनलोड गरी प्रिन्ट गरेर लिएर जान पर्छ ।

यसका साथै दूतावासमा जाँदा आफ्नो गाउँपालिका, नगरपालिका वा उप महानगर र महानगरपालिका जे हो त्यसको वडा नम्बर, बुवा आमाको सम्पर्क नम्बर र विवाहितहरूको हकमा श्रीमतीको पनि सम्पर्क नम्बर दूतावासले माग्ने छ।

प्री इनरोलमेन्ट गर्दा नै दूतावासले लाइभ इनरोलमेन्टका लागि समय दिएको हुन्छ । त्यही तोकिएको मिति र समयमा दूतावासमा जानपर्छ । राहदानी नवीकरणका लागि दुई सय साउदी रियाल लाग्ने छ भने पहिलेको राहदानी चोरी भएको, हराएको, च्यातिएको वा कुनै कारणले काम नलाग्ने भएको भएमा ४ सय साउदी रियाल लाग्ने छ ।

नवीकरण गर्नको लागि दूतावासमै उपस्थित हुनपर्छ । साउदीमा रियादभन्दा बाहिर कतै पनि राहदानीको आवेदन सङ्कलन शिविर नराख्ने पनि दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले