चार दलद्वारा नगरपालिकामा तलाबन्दि

4 वर्ष पहिले प्रकाशित

(2078-11-07 B.S.)

3155 पटक देखिएको

फाल्गुन ,७ सप्तरी

सप्तरीको सप्तकोसी नगरपालिका कार्यालयमा चार राजनीतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले ६ बुँदे माग राख्दै नगरप्रमुखको, योजना प्रमुखको, प्रमुख प्रशासकीय अधिकृतको, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेका हुन् ।


उनीहरूले अब ०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकको कार्यालयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित गरिएको कानुनी कारबाहीसम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनुपर्ने, कोभिड–१९ को खर्च सम्बन्धमा यसअघि कांग्रेसबाट गरिएको विवरण तथा चालू आबमा भएको कोभिडलगायत विपद् व्यवस्थापनसम्बन्धी कार्य, सोको खर्च विवरण उपलब्ध गराउन माग गरिएको छ ।
यसैगरी सडक बोर्डबाट प्राप्त रकमको विवरण तथा हाल विभिन्न मूल सडकमा भएको सिमेन्ट, बालुवाको मिश्रण पोत्ने कार्य कुन निर्णय, मापदण्ड र स्रोतबाट भएको हो, त्यसको विस्तृत विवरण उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै, नगरपालिकाले खरिद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, सोको उपयोगिता तथा आम्दानी खर्चको विवरण तथा सोबापत चालक र सहयोगीसमेतको तलब भत्ता र खर्चको विवरण उपलब्ध उपलब्ध गराउनुपर्ने, राष्ट्रिय मावि फत्तेपुरमा निर्माण गरिएको नयाँ भवनको मापदण्ड, औचित्य तथा निर्माण सम्बन्धमा भएको खर्च र ठेक्का प्रक्रियासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउनुपर्ने तथा अंग्रेजी माध्यमको कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले