एक माध्यमिक विद्यालयमा करोडौँ रकम अनियमितता गरेको खुलासा

4 वर्ष पहिले प्रकाशित

(2078-11-08 B.S.)

3089 पटक देखिएको

फाल्गुन ८ 
धनुषाको एक माध्यमिक विद्यालयमा करोडौँ रकम अनियमितता गरेको खुलासा  पाइएको छ । स्थानीय एक जनप्रतिनिधिको मिलिभगतमा विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेको देखिएको हो ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित परवाहामा रहेको श्री माध्यमिक विद्यालयमा करोडौँ रकमको अनियमितता भएको पाइएको हो ।सो विद्यालयको सम्पातिबाट उठेको आम्दानीबाट औरही गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष अमित यादव र विद्यालयको तत्कालिन प्रधानाध्यापक कारी यादवको मिलिभगतमा करोडौँको रकम अपचलन भएको पाइएको हो ।​

श्री मा. वि. परवाहा देउरीको स्वामित्वमा रहेको पोखरीहरू, हाटबजार, सटरलगायतका विभिन्न शिर्षकमा हुँदै आएको आम्दानीबाट आर्थिक वर्ष २०७५-०७६ मा १ करोड १४ लाख ७ हजार ५ सय ९ रुपैयाँ भन्दा बढीको अनियमितता भएको पाइएको छ ।
सो विद्यालयको आम्दानी रकममा अपचलन गरेपछि आफु फस्ने डरले तत्कालिन प्रधानाध्यापक कारी यादवले सरुवा गराइ अन्यत्र गएका छन् । विद्यालयमा करोडौँको रुपैयाँको अपचलन भएपछि पटक पटक औरही गाउँपालिकाको विद्यालयमा भएको अनियमितताको विषयमा छानविनका लागि पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र समेत काट्दै आईरहेको छ ।

तर अख्तियारको सो पत्रलाई विद्यालय प्रशासन  र गाउँपालिकाको कार्यपालिका प्रशासनले पनि बेवास्ता गर्दै आईरहेको पाइएको छ।अख्तियारले सो विद्यालयमा भएको भ्रष्टाचारको विषयमा छानविनका लागि २०७७ फागुन १४ मा गाउँपालिकालाई पत्र काटेको थियो ।

लगभग १ वर्षपछि पनि जवाफ नआएपछि अख्तियार आयोग बर्दिबासको कार्यालयले पुनः ताकेता गर्दै ०७८ माघ २५ मा भ्रष्टाचारको विषयलाई लिएर गाउँपालिकालाई पत्र काटेको थियो ।

सो पत्रमा एक साता भित्र जवाफ पठाउन भनि उल्लेख छ ।अख्तियारले गाउँपालिकालाई काटेको पत्रमा २०७५-०७६ देखि हालसम्म कुन प्रकृयाबाट विद्यालयको पोखरीहरू, सटरहरू ठेक्का लगाइएको हो सोको प्रमाणित विवरण, आम्दानी विद्यालयको खातामा जम्मा भएको भर्पाई, बैंक स्टेटमैन्ट, आम्दानीबाट खर्च भएको भए खर्चको विवरण, कुन कुन शिर्षकमा खर्च भएको छ सोको विवरण, लेखा परिक्षण, सामाजिक लेखा परिक्षण आदि उपलब्ध गराउन भनेको छ ।
अख्तियारको पछिल्लो पत्र प्राप्त गरेको दुई सातापछि पनि औरही गाउँपालिकाका प्रशासकिय अधिकृत अशोक यादवले अख्तियारलाई जवाफ दिनका लागि पत्र पठाउने जनाएका छन् । यता हालका प्रधानाध्यापक शशिकुमार सिंहले आफूले गाउँपालिकालाई विद्यालयको तर्फबाट जवाफ पठाईसकेको बताए ।
प्रधानाध्यापक सिंहले भने, ‘सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट विद्यालयमा भएको अनियमितताको विषयलाई लिएर अख्तियारले पठाएको भनि सो पत्र प्राप्त भएपछि आफूले औरही गाउँपालिकाको शिक्षा संयोजकलाई जवाफ पठाई सकेको छु ।’
तर प्रधानाध्यापक सिंहले गाउँपालिकाको शिक्षा शाखाका संयोजकलाई अख्तियारको पत्रको जवाफ पठानपनि पालिकाको तर्फबाट भने अहिलेसम्म कुनैपनि कामकारवाही अघि बढेको सम्बन्धमा पत्रको बोधार्थ प्रतिलिपि प्राप्त नभएको स्पष्ट पारे ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले