महोत्तरीमा एक युवतीको विभत्स हत्या गरि फरार प्रतिवादी पक्राउ,यस्तो छ घटनाको कारण  

4 वर्ष पहिले प्रकाशित

(2078-11-08 B.S.)

4232 पटक देखिएको

ममता शर्मा 
फाल्गुन ८ ,आइतबार 

महोत्तरीमा एक युवतीको हत्या गरि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम पंचायत भासर मघहा वडा न.७ अनारवन बस्ने विपत महतोका छोरा ३७ वर्षीय अजय महतो कोइरी र सर्लाहीको मलंगवा नगरपालिका वडा न.९ बस्ने देव नारायण राउतका छोरा ३४ वर्षीय प्रमोद राउत रहेका छन्  ।

गत फाल्गुन ४ महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मीनिया जंगलमा एक गर्भवती महिलाको शव फेला परेको थियो  । बुधबार बिहान सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा २०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको थियो  ।

मृतकको नाम अप्सन खातुन रहेको र उनि ज्याला मजदुरी कार्य गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक राधा भन्ने अप्सना खातुनको हत्याको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

यस्तो छ घटना 
खातुनको २ वर्ष अगाडी पेटी ठेक्काको काम गर्ने अजय महतो कोइरी संग चिनजान भइ सम्बन्ध स्थापित भएको थियो । खातुनको भारतको उत्तर प्रदेशमा विवाह भएको थियो । उनको दुइ छोरा छन् २ वर्ष अगाडी श्रीमानसंगको सम्बन्ध बिग्रीई उनले आफ्नो पहिलो श्रीमानलाइ छोडी आफ्नो माइति भारतको भैरबकोटी, मेहसील टोलमा बस्दै आएकी थिइन्  । उनले  अजय महतो संग विवाह गरेकी थिइन् । खातुनले आफुलाई अजयको घरमा लानुपर्ने जोड दिन थाले पछी महतोले आफ्नो पर लगेकोमा परिवार तथा समाजका मानिसहरुले अस्विकार गरेकोले पुनः नेपाल आई सर्लाहीको मलगवामा कोठा भाडा लिई ९ महिना देखी संगै बस्दै आएका थिए । खातुनले आफ्नो श्रीमान अजयलाइ आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, अंश र अधिकार चाहियो भनि कचकच  गर्ने, अधिकार नदिए जबर्जस्ति करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्ने गरेको थिइन् । फाल्गुन २ गते अजय महतो कोईरी, प्रमोद राउत र अजय महतो कोईरीसंगै काम गर्ने अर्का एक जना पुरुष व्यक्ति सहित तीन जना मिली खातुनको ज्यान मार्ने योजना बनाएका थिए ।

सो अनुसार ३ गते दिउसो करिब २  बजेको समयमा खातुनलाइ  मेला हेर्न जाने भनि उनको श्रीमान र  हाल फरार रहेका  अर्का एक व्यक्ति समेतले विश्वास दिलाई मलगवाबाट रू.१६ सयमा टेम्पु  रिजर्भ  गरी श्रीमान श्रीमती, खातुनका एक ४ वर्षीय र अर्को २ वर्ष ६ महिनाका छोराहरु र  एक जना अझै व्यक्ति एकै टेम्पुमा बसी सर्लाहीको ईधारपुर न.पा.१३ श्रीनगर चोकसम्म आएका थिए ।

त्यहाँबाट टेम्पुलाइ फिर्ता पठाई सो ठाउँबाट प्रमोद राउतले आफ्नो प्रदेश २.०२.००२ प ७९५७ नम्बरको मोटरसाईकलमा सोही स्थानसम्म आई २ पटक गरि सबै जनालाई पालैपालो बाके खोलाको ड्याम हुदै  र जिल्ला महोतरी गोशाला न.पा.वडा न.१२ को निर्माणाधिन रेल्वे ट्रयाकका पुयाएका थिए ।

प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट १.५ कि.मी. दक्षिण कान्तिबजार स्थित मैया योन्जनको होटलमा पुर्याई मेरो बच्चा हेरिदिनुस, म चाउचाउ लिई आउछु भनि छाडि हिडेका थिए ।

अजय महतोले खातुनलाई लक्ष्मीनियाको नजिक जंगल बिचमा रहेको रेल्वे ट्रयाकमा ल्याई अजय महतो र अर्का पुरुष व्यक्तिले खातुनलाई उक्त रेल्वे ट्रयाकबाट करिब २०० मिटर जती पश्चिम रहेको जंगल भित्र तर्फ लगी खातुनको  घाँटीमा सलले तिन फन्को बाँधी, कसेर लढाई कन्चट र मुखमा लातले हानी उनको छातीमा थिची  हत्या गरी करिब १० मिटर पर लगी फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खातुन ८-९ महिनाको गर्भवती थिइन् ।
घटनामा संलग्न मध्येका अजय महतो कोईरी र प्रमोद राउतलाई  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सहयोगमा तथा ईलाका प्रहरी कार्यालय गौशला महोतरी समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ज्यान सम्बन्धी कसूर तर्फ आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले