महोत्तरीमा एक युवतीको विभत्स हत्या गरि फरार प्रतिवादी पक्राउ,यस्तो छ घटनाको कारण  

4 वर्ष पहिले प्रकाशित

(2078-11-08 B.S.)

4304 पटक देखिएको

ममता शर्मा 
फाल्गुन ८ ,आइतबार 

महोत्तरीमा एक युवतीको हत्या गरि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम पंचायत भासर मघहा वडा न.७ अनारवन बस्ने विपत महतोका छोरा ३७ वर्षीय अजय महतो कोइरी र सर्लाहीको मलंगवा नगरपालिका वडा न.९ बस्ने देव नारायण राउतका छोरा ३४ वर्षीय प्रमोद राउत रहेका छन्  ।

गत फाल्गुन ४ महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मीनिया जंगलमा एक गर्भवती महिलाको शव फेला परेको थियो  । बुधबार बिहान सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा २०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको थियो  ।

मृतकको नाम अप्सन खातुन रहेको र उनि ज्याला मजदुरी कार्य गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक राधा भन्ने अप्सना खातुनको हत्याको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

यस्तो छ घटना 
खातुनको २ वर्ष अगाडी पेटी ठेक्काको काम गर्ने अजय महतो कोइरी संग चिनजान भइ सम्बन्ध स्थापित भएको थियो । खातुनको भारतको उत्तर प्रदेशमा विवाह भएको थियो । उनको दुइ छोरा छन् २ वर्ष अगाडी श्रीमानसंगको सम्बन्ध बिग्रीई उनले आफ्नो पहिलो श्रीमानलाइ छोडी आफ्नो माइति भारतको भैरबकोटी, मेहसील टोलमा बस्दै आएकी थिइन्  । उनले  अजय महतो संग विवाह गरेकी थिइन् । खातुनले आफुलाई अजयको घरमा लानुपर्ने जोड दिन थाले पछी महतोले आफ्नो पर लगेकोमा परिवार तथा समाजका मानिसहरुले अस्विकार गरेकोले पुनः नेपाल आई सर्लाहीको मलगवामा कोठा भाडा लिई ९ महिना देखी संगै बस्दै आएका थिए । खातुनले आफ्नो श्रीमान अजयलाइ आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, अंश र अधिकार चाहियो भनि कचकच  गर्ने, अधिकार नदिए जबर्जस्ति करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्ने गरेको थिइन् । फाल्गुन २ गते अजय महतो कोईरी, प्रमोद राउत र अजय महतो कोईरीसंगै काम गर्ने अर्का एक जना पुरुष व्यक्ति सहित तीन जना मिली खातुनको ज्यान मार्ने योजना बनाएका थिए ।

सो अनुसार ३ गते दिउसो करिब २  बजेको समयमा खातुनलाइ  मेला हेर्न जाने भनि उनको श्रीमान र  हाल फरार रहेका  अर्का एक व्यक्ति समेतले विश्वास दिलाई मलगवाबाट रू.१६ सयमा टेम्पु  रिजर्भ  गरी श्रीमान श्रीमती, खातुनका एक ४ वर्षीय र अर्को २ वर्ष ६ महिनाका छोराहरु र  एक जना अझै व्यक्ति एकै टेम्पुमा बसी सर्लाहीको ईधारपुर न.पा.१३ श्रीनगर चोकसम्म आएका थिए ।

त्यहाँबाट टेम्पुलाइ फिर्ता पठाई सो ठाउँबाट प्रमोद राउतले आफ्नो प्रदेश २.०२.००२ प ७९५७ नम्बरको मोटरसाईकलमा सोही स्थानसम्म आई २ पटक गरि सबै जनालाई पालैपालो बाके खोलाको ड्याम हुदै  र जिल्ला महोतरी गोशाला न.पा.वडा न.१२ को निर्माणाधिन रेल्वे ट्रयाकका पुयाएका थिए ।

प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट १.५ कि.मी. दक्षिण कान्तिबजार स्थित मैया योन्जनको होटलमा पुर्याई मेरो बच्चा हेरिदिनुस, म चाउचाउ लिई आउछु भनि छाडि हिडेका थिए ।

अजय महतोले खातुनलाई लक्ष्मीनियाको नजिक जंगल बिचमा रहेको रेल्वे ट्रयाकमा ल्याई अजय महतो र अर्का पुरुष व्यक्तिले खातुनलाई उक्त रेल्वे ट्रयाकबाट करिब २०० मिटर जती पश्चिम रहेको जंगल भित्र तर्फ लगी खातुनको  घाँटीमा सलले तिन फन्को बाँधी, कसेर लढाई कन्चट र मुखमा लातले हानी उनको छातीमा थिची  हत्या गरी करिब १० मिटर पर लगी फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खातुन ८-९ महिनाको गर्भवती थिइन् ।
घटनामा संलग्न मध्येका अजय महतो कोईरी र प्रमोद राउतलाई  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सहयोगमा तथा ईलाका प्रहरी कार्यालय गौशला महोतरी समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ज्यान सम्बन्धी कसूर तर्फ आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

29 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

2 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

2 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

2 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले