गौशालामा ऋणको समस्या समाधान हुनु अत्यावश्यक :नगर प्रमुख शिवनाथ महतो
ममता शर्मा ,गौशाला , महोत्तरी
फाल्गुन ९ ,सोमबार
गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले गौशालामा किसानहरुको लागि ऋणको समस्या समाधान हुनु जरुरि रहेको बताएका छन् । सोमबार गौशाला बजार स्थित प्रोग्रेसिभ फ़ाइन्यन्स कम्पनि लि.को समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गौशालमा व्यापारीहरु तथा किसानहरुलाइ सहज तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले भने, "यहाँ ऋणको निकै समस्या रहेको छ। जति सक्दो सहुलियत रेटमा ,छिटो छरितो रुपमा किसान तथा व्यापारीहरुलाइ कर्जा प्रदान भएमा मात्र उनीहरुको मनोबल बढ्छ र यहाँको आर्थिक गतिविधिमा पनि उन्नति हुन्छ ।"
उनले आजभोली ऋण लिनको लागि निकै कठिनाइ भोग्नुपर्ने भएकोले सहज रुपमा ऋण किसानहरुलाई उपलब्ध गराउन बैंकलाइ आग्रह समेत गरेका छन् । उनले बैंक सुरक्षाको निकै कमिको अनुभूति भएकोले बैंकहरुलाइ सुरक्षा प्रदान गर्न पनि इलाका प्रहरी कार्यालय गौशालालाइ ध्यानाकर्षण गराएका छन् । बैंकको सुरक्षाको समस्याको समधान गर्न उनले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याललाइ नगरपालिका संग समन्वय गरि बैंकलाइ सुरक्षित गर्न आग्रह गरेका छन् । त्यस्तै उनले बैंकको महत्वको भूमिका बाध्दै नगरका बैंकहरु संग आपसी परस्पर सम्बन्ध, नम्र व्यवहार ,सहज तथा छिटो छरितो रुपमा कार्य ,मितव्ययी हुन र सहयोग कायम राख्न अनुरोध गरेका छन् ।
प्रोग्रेसिभ फ़ाइन्यन्सको संचालक समितिका अध्यक्ष किशोर कुमार महतोको सभापतित्वमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो,प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई ,समाजसेवी विजय कुमार साह , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत बैंकका अन्य कर्मचारी ,नगरभित्र रहेका बैंक तथा सहकारीका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो।

नगर प्रमुखले कार्यक्रममा पानसमा दिप बालि र रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।


अनेकौ नृत्य सहित समावेश गरिएको उक्त कार्यक्रममा अध्यक्ष किशोर महर्जनले ३ वर्ष नबित्दै बैंकको १६ ओटा शाखा कार्यालय स्थापना गर्न सफल भएको जानकारी दिए । उनले यस फ़ाइन्यन्सको पहिलो पल्ट महोत्तरीमा शाखा स्थापना गरिएको बताउदै यसले किसानहरुलाइ लक्षित गरि कार्य संचालन गर्ने तथा किसानहरुको लागि सहज रुपमा ऋण प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments