गौशालामा ऋणको समस्या समाधान हुनु अत्यावश्यक :नगर प्रमुख शिवनाथ महतो
ममता शर्मा ,गौशाला , महोत्तरी
फाल्गुन ९ ,सोमबार
गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले गौशालामा किसानहरुको लागि ऋणको समस्या समाधान हुनु जरुरि रहेको बताएका छन् । सोमबार गौशाला बजार स्थित प्रोग्रेसिभ फ़ाइन्यन्स कम्पनि लि.को समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गौशालमा व्यापारीहरु तथा किसानहरुलाइ सहज तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले भने, "यहाँ ऋणको निकै समस्या रहेको छ। जति सक्दो सहुलियत रेटमा ,छिटो छरितो रुपमा किसान तथा व्यापारीहरुलाइ कर्जा प्रदान भएमा मात्र उनीहरुको मनोबल बढ्छ र यहाँको आर्थिक गतिविधिमा पनि उन्नति हुन्छ ।"
उनले आजभोली ऋण लिनको लागि निकै कठिनाइ भोग्नुपर्ने भएकोले सहज रुपमा ऋण किसानहरुलाई उपलब्ध गराउन बैंकलाइ आग्रह समेत गरेका छन् । उनले बैंक सुरक्षाको निकै कमिको अनुभूति भएकोले बैंकहरुलाइ सुरक्षा प्रदान गर्न पनि इलाका प्रहरी कार्यालय गौशालालाइ ध्यानाकर्षण गराएका छन् । बैंकको सुरक्षाको समस्याको समधान गर्न उनले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याललाइ नगरपालिका संग समन्वय गरि बैंकलाइ सुरक्षित गर्न आग्रह गरेका छन् । त्यस्तै उनले बैंकको महत्वको भूमिका बाध्दै नगरका बैंकहरु संग आपसी परस्पर सम्बन्ध, नम्र व्यवहार ,सहज तथा छिटो छरितो रुपमा कार्य ,मितव्ययी हुन र सहयोग कायम राख्न अनुरोध गरेका छन् ।
प्रोग्रेसिभ फ़ाइन्यन्सको संचालक समितिका अध्यक्ष किशोर कुमार महतोको सभापतित्वमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो,प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई ,समाजसेवी विजय कुमार साह , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत बैंकका अन्य कर्मचारी ,नगरभित्र रहेका बैंक तथा सहकारीका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो।

नगर प्रमुखले कार्यक्रममा पानसमा दिप बालि र रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।


अनेकौ नृत्य सहित समावेश गरिएको उक्त कार्यक्रममा अध्यक्ष किशोर महर्जनले ३ वर्ष नबित्दै बैंकको १६ ओटा शाखा कार्यालय स्थापना गर्न सफल भएको जानकारी दिए । उनले यस फ़ाइन्यन्सको पहिलो पल्ट महोत्तरीमा शाखा स्थापना गरिएको बताउदै यसले किसानहरुलाइ लक्षित गरि कार्य संचालन गर्ने तथा किसानहरुको लागि सहज रुपमा ऋण प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
2 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments