मधेश प्रदेशमा एक महिलाको आफ्नै पतिद्वारा हत्या ,यस्तो छ कारण
फाल्गुन २२ ,आइतबार
सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको एक महिना नबित्दै एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा मृतककै श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीको हत्या आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अरम राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२३ वर्षीय राउतले काठमाडौं महानगरपालिका-२० जैसीदेवल निवासी २२ वर्षीया पूजा पोद्दारसँग प्रेम विवाह गरेको एक महिना नबित्दै हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
गत माघ २७ मा काठमाडौंको भद्रकाली मन्दिरमा पूजासँग अमरले विवाह गरेका थिए । विवाह गरेका दुवैजना काठमाडौंको बाफलमा कोठा लिएर बस्न थालेका थिए ।
अमरले आफूले गरेको विवाहको बारेमा परिवारलाई जानकारी गराउँदा स्वीकार गरेका थिएनन् । यसपछि अमर परिवारलाई मनाउन घर फर्के । उनी काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा सिरहा आइपुगिन् । सिरहा आएकी उनले अमरलाई आफू बस्तीपुरमा रहेको र आफूलाई लिन आउन भन्दै फोन गरिन् ।
‘पूजाको फोन उठाएका अमरले त्यस दिन आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने, ‘साँझमा आएका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।’
अर्कासँग विवाह तय भएपछि पूजाको हत्या
घर आएका अमरको धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका, तुलसियाहीकी युवतीसँग अर्को विवाह गर्ने तय भयो । १९ फागुनमा तोकिएको विवाह पूजाको आगमनले असर पर्ने देखेर उनको हत्या गरेको देखिन्छ’ डीएसपी बुढाथोकीले भने ।
अमरले यसबारेमा साथीहरूसँग सल्लाह गरेर पूजाको हत्या गर्ने योजना बनाएको र बस्तीपुर चोकबाट लिएर कमला किनारमा गएर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
पूजाको हत्या गरेका अमरले निर्धारण भएको अर्को विवाह पनि गरेनन् । १७ फागुनमा उनको हत्या गरेर उनी फरार भएका थिए’ बूढाथोकीले भने, ‘हामी २० फागुनमै उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
फेसबुकबाटै चिनजान
मृतक पूजा र अमरको चिनजान सामाजिक सञ्जाल फेसबुकबाटै भएको थियो । अमर वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बखत दुवैको चिनजान पूजासँग फेसबुकबाटै भएको थियो । ‘एक वर्षदेखि दुवैजना नियमित सम्पर्कमा रहेको र अमर नेपाल फर्केपछि दुवैजना विवाह गर्न राजी भएका रहेछन्’ बूढाथोकीले भने, ‘१३ माघमा अमर नेपाल फर्केपछि दुवैले विवाह गरेका हुन् ।’
पक्राउ परेका अमरलाई सिरहा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घट्नामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत :अनलाइन खबर
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments