मधेश प्रदेशमा एक महिलाको आफ्नै पतिद्वारा हत्या ,यस्तो छ कारण
फाल्गुन २२ ,आइतबार
सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको एक महिना नबित्दै एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा मृतककै श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीको हत्या आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अरम राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२३ वर्षीय राउतले काठमाडौं महानगरपालिका-२० जैसीदेवल निवासी २२ वर्षीया पूजा पोद्दारसँग प्रेम विवाह गरेको एक महिना नबित्दै हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
गत माघ २७ मा काठमाडौंको भद्रकाली मन्दिरमा पूजासँग अमरले विवाह गरेका थिए । विवाह गरेका दुवैजना काठमाडौंको बाफलमा कोठा लिएर बस्न थालेका थिए ।
अमरले आफूले गरेको विवाहको बारेमा परिवारलाई जानकारी गराउँदा स्वीकार गरेका थिएनन् । यसपछि अमर परिवारलाई मनाउन घर फर्के । उनी काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा सिरहा आइपुगिन् । सिरहा आएकी उनले अमरलाई आफू बस्तीपुरमा रहेको र आफूलाई लिन आउन भन्दै फोन गरिन् ।
‘पूजाको फोन उठाएका अमरले त्यस दिन आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने, ‘साँझमा आएका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।’
अर्कासँग विवाह तय भएपछि पूजाको हत्या
घर आएका अमरको धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका, तुलसियाहीकी युवतीसँग अर्को विवाह गर्ने तय भयो । १९ फागुनमा तोकिएको विवाह पूजाको आगमनले असर पर्ने देखेर उनको हत्या गरेको देखिन्छ’ डीएसपी बुढाथोकीले भने ।
अमरले यसबारेमा साथीहरूसँग सल्लाह गरेर पूजाको हत्या गर्ने योजना बनाएको र बस्तीपुर चोकबाट लिएर कमला किनारमा गएर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
पूजाको हत्या गरेका अमरले निर्धारण भएको अर्को विवाह पनि गरेनन् । १७ फागुनमा उनको हत्या गरेर उनी फरार भएका थिए’ बूढाथोकीले भने, ‘हामी २० फागुनमै उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
फेसबुकबाटै चिनजान
मृतक पूजा र अमरको चिनजान सामाजिक सञ्जाल फेसबुकबाटै भएको थियो । अमर वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बखत दुवैको चिनजान पूजासँग फेसबुकबाटै भएको थियो । ‘एक वर्षदेखि दुवैजना नियमित सम्पर्कमा रहेको र अमर नेपाल फर्केपछि दुवैजना विवाह गर्न राजी भएका रहेछन्’ बूढाथोकीले भने, ‘१३ माघमा अमर नेपाल फर्केपछि दुवैले विवाह गरेका हुन् ।’
पक्राउ परेका अमरलाई सिरहा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घट्नामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत :अनलाइन खबर
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments