काम समान तर मूल्यांकन बेग्लै : उपप्रमुख आशा लामा
ममता शर्मा
फाल्गुन २४ ,मंगलबार
गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले महिलाले पुरुष सरह कामको सम्मान प्रदान नभएको बताउनु भएको छ ।
पितृ सतात्मक सोच ,रुढिवादी परम्परा ,महिला सशक्तीकरणमा कमि आदि जस्ता कुरा अहिले पनि हाम्रो समाजको वास्तविकता रहेको बताउनु भएको छ । "महिलाले अहिले सम्म पनि आफ्नो काम मेहनत र परिश्रमको मूल्यांकन र पुरुष सरह ज्याला नपाएको जस्ता सवाल अविजित नै छ । उहाले भन्नुभयो, यी एक किसिमको महिला माथि गरिएको हिँसा नै हो । स्वतन्त्रताको अधिकार भएपनि निर्णयको अधिकार प्राप्ति भएको छैन ।
शिक्षित समाजको निर्माण भएमा मात्र समाजमा महिला माथिको विभेद अन्त्य हुने उहाले बताउनु भयो । "हरेक कार्यमा सहभगिता जनाउनु जरुरि रहेको छ । पुरुषले मात्र गर्न सक्छ, महिला सक्दैन भन्ने सोच हिँसाको प्रमुख कारण हो । अब एक कदम हिंसा अन्त्य गर्न हैन आफुलाई अगाडी बढाउँन र सक्षम बनाउन चालौ । न्याय मागेर मात्र भएन ,अन्याय नहुने स्थितिको सिर्जना गरौ । पुरुषले मात्र शासन गर्न सक्छ भन्ने भनाइ परिकल्पना हो । सत्य यहि हो, नारीले सृष्टिको संरचना गर्न सक्छ ,बनाउन सक्छ भने यसमा आफ्नो मान, प्रतिष्ठा, सम्मान अनन्त सम्म स्थापित पनि गर्न सक्छ । केवल प्रयासको खाचो छ, आफुले आफुलाई चिन्न जरुरि छ । हिंसा भन्ने कुरा त्यसै अन्त्य हुन्छ ।
गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गौशाला नगर समितिद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सुमिरा तिमल्सिना , नेकपाका प्रदेश सदस्य भवानी थापा ,बिष्णु लामा ,नगर प्रमुख शिवनाथ महतो ,विजय कुमार साह ,काशी महतो ,नगर उप प्रमुख आशा लामा लगायतको उपस्थिति रहेको थियो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments