गौशालामा होली महोत्सव सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-11-28 B.S.)

6359 पटक देखिएको

ममता शर्मा

गौशाला ,फाल्गुन २८

महोत्तरीको गौशालामा होली महोत्सव सम्पन्न भएको छ ।  गौशाला बजार स्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको अवसरमा आज होली महोत्सव कार्यक्रम भएको छ । 

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा होरैया गित प्रतियोगिता समेत गरिएको छ ।  सांस्कृतिक नृत्य तथा होरैया गित प्रस्तुत गर्ने व्यक्तिहरुलाई आयोजकले सम्मान स्वरूप सम्मान पत्र र मादल प्रदान गरिएको रेडियोका संचालक धनवीर महतोले जानकारी दिएका छन् । 

जनसमुदायको विशाल सहभागिता रहेको होली महोत्सव कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,माननीय शारदा देवी थापा ,अखिल क्रान्तिकारी (अनेरास्ववियु ) का नेता सूर्यनारायण साह ,नगर प्रमुख शिवनाथ महतो ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी तथा  बुद्धिजीवीहरुको  सहभागिता रहेको थियो । 

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्रि साहले हाम्रो मौलिक परम्परा मुल्य मान्यताको संरक्षण एवं संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  समाजको रुढिवादी परम्परा तथा कुप्रथालाई भन्दा  सांस्कृतिक मुल्य मान्यतालाई बढावा दिनु अत्यावश्यक छ उनले भने, “नराम्रा विकृतिका रुपमा आजभोली देखा परेका चलनलाई समाजबाट उन्मुलन गर्नुपर्छ ।  भावी पुस्तालाई मध्यनजर गर्दै धार्मिक आस्था बोकेका परमपराको जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व हो । 

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले जनसमुदायमा होलीको शुभकामना दिदै रेडियो रुपान्तरणले गरेको कार्य सम्मान जनक रहेको बताएका छन्  । उनले मिथिलाको परम्परा झल्किने कार्यक्रम राखेकोले रुपान्तरण मिडियालाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले यस्ता संस्कृति जोगाउने कार्यक्रमहरुमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले