अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-12-07 B.S.)

2703 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज ७ चैत्र 

स्व. गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साले आज अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । स्मृति दिवसको अवसरमा नेपाली काग्रेंसका पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व. गिरिजा प्रसाद कोईरालाको मुल मन्त्र राष्ट्रिय सहमति सहकार्य र एकताको खाचो अहिले देखिएको चौरसियाले बताए ।

गिरिजा बाबु नेपालका मात्र नभई एसिया महाद्विपका नै एक असल र कुसल राज नेता समेत रहेको दाबी गरेका थिए । नेपाल बुलेटको घेरामा परेको बेला राज्यलाई ब्यालेटमा ल्याएर देशलाई निकास दिई राजनितिक स्थाईत्व समेत कायम गरेको उनले बताए।

त्यस्तै मन्तव्यको क्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेपाली काँग्रेसको कारणले नै देशमा शान्ति स्थापना भएको बताए ।

२०६२/२०६३ सालमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले दिल्लीमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सँग शान्ति सम्झौता गरी हात हतियार नेपाल सरकारलाइ बुझाउन लगाएको बताएका थिए भने लोकतन्त्र र गणतन्त्र स्थापना नेपाली कांग्रेसले नै गराएको बताए।

मधेशी दलले भ्रष्टाचारको पराकाष्ठा नाघेको मधेशी जनतासंग झुटको खेति मात्र गरेको पर्सा कांग्रेसका अध्यक्ष जर्नादन सिंह क्षेत्रिले भ्रम र झुटको खेति गर्नेहरुको पछि नलाग्न आग्रह समेत गरेका थिए ।

फाउण्डेशन पर्साले स्मृति दिवसको अवसरमा अलौका ७० जना वृद्ध वृद्धाहरुलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेस मार्फत देश र जनताका लागि आफनो समाजिक योगदान पुर्याएकोहरुलाई सम्मान गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको देशमा अहिले खाचो रहेको बताए । देशमा हरेक तह र तपका का नागरिकका लागि राज नेता एवम जन आन्दोलनका कमाण्डर स्व. गिरिजा प्रसाद कोईरालाको विचारको नै खाचो रहेको मोहम्मद सहाबुदिनले बताएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया विशिष्ट अतिथि ने.का. का जिल्ला सभापति जनार्दन सिहं क्षेत्रि,उप सभापति राम नारायण प्रसाद कुर्मी ,अशोक कुमार गुप्ता, किरण देवी गुप्ता,दिना प्रसाद गुप्ता,नरेन्द्र साह,अतिथिहरुमा किरण सरकार, फाण्डेशनका सचिव धिरज गुप्ता, सदस्य जितेन्द्र सिंह,दिलिप राज कार्की,मिन्टु सिंह राहुल कुमार गुप्ता लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्धघोषण हरिनारायण प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तव्य दिलिपराज कार्कीले राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले