लोसपाको सरकारमा जाने तयारी

4 वर्ष पहिले प्रकाशित

(2078-12-08 B.S.)

3904 पटक देखिएको

चैत्र ८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने तयारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग सम्बोधन भए लोसपा सरकारमा जानसक्ने बताएका छन् ।

लोसपाले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

मंगलबार मधेस प्रदेशमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले लोसपा सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताए ।

"वर्तमान प्रधानमन्त्रीसँग लोसपाको मागबारे कुरा भइरहेको छ । झुटा मुद्दा लगाइएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादर कार्कीसँग पनि कुरा भइरहेको छ । पटकपटक मुद्दाको विषयमा उहाँले पनि जानकारी लिइरहनुभएको छ । सरकारमा जानेबारे अहिलेसम्म औपचारिक नभएपनि हामी छलफल गर्न तयार छौँ," ठाकुरले भने।

तर, आफूहरूका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनको दाबी छ । 

"हाम्रो माग सम्बोधन पहिलो प्राथमिकता छ । नागरिकता विधेयक र मधेश आन्दोलनमा लगाइएको झुटा मुद्दा फिर्ता भएपछि मात्रै सरकारमा जाने/नजाने कुरा बारे हामीले निर्णय लिन्छौँ," ठाकुरले भने ।

मंगलबार जनकपुर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि लोसपा सरकारमा सहभागी हुन लागेको संकेत गरेका छन् । तर, गठबन्धनमा औपचारिक रूपमा छलफल भने नभएको उनले बताए ।

"प्रधानमन्त्रीसँग भेट्दा हामीलाई पनि लोसपालाई सरकारमा ल्याउने कुरा गर्नु भएको छ," उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले