महानगरमाथि जसपाको जोडदार दावी
चैत ८
अर्को महिना हुने स्थानीय चुनावले गाउँगाउँतिर रन्को ल्याइसकेपछि काठमाडौंमा शीर्ष नेतृत्वबीच हालै सम्पन्न राष्ट्रियसभा सदस्यको चुनावकै शैलीमा भागबण्डाका कुराहरू हुन थालेका छन् ।
०७४ को निर्वाचनमा विराटनगर र ललितपुर महानगर एक्लै जितेको कांग्रेसले यसचोटि पनि ती ठाउँ नछोड्ने अडान लिएको छ । कांग्रेससँग गठबन्धन गरेका कारण विवादास्पद तवरले जितेको भरतपुर महानगरमाथि माओवादीबाट रेणु दाहालका निम्ति दावी कायम छ भने एकीकृत समाजवादीले ०७४ मा एमालेले जितेका काठमाडौं र पोखरा महानगरमा रुचि देखाइरहेको छ ।
तत्कालिन राजपाका तर्फबाट वीरगञ्जको मेयर जितेका विजय सराबगी गतहप्ता एमाले प्रवेश गरेपछि पाँचदलीय गठबन्धनमा उक्त महानगरमाथि जसपाको जोडदार दावी रहेको छ । नगरपालिकाको हकमा एमालेले जितेका अधिकांश ठाउँमा एकीकृत समाजवादीले दावी गरिरहेको छ भने तिनै ठाउँमा माओवादी र कांग्रेसको पनि जोड छ ।
कम्युनिष्टहरूको परम्परागत भोट भएका धरान, हेटौंडा, बुटवल, तुलसीपुर, भीमदत्तजस्ता नगरपालिकामा गठबन्धनका नाममा कांग्रेसलाई छाडिदिने हो भने वामपन्थी मत एमालेतिर ओइरिन सक्के तर्कसमेत गरिँदै छ ।
त्यसमध्ये धरान उपमहानगर उपचुनावमार्फत कांग्रेसले फुत्काएका कारण यसचोटि फेरि त्यसमा उसको दावी छ ।तर, इतिहासमा पहिलोपटक वामपन्थीबीचको विग्रहका कारण उपचुनावमा कांग्रेसले फाइदा उठाए पनि यसचोटि त्यस्तो सम्भावना नरहेको त्यहाँका नेताहरू बताउँछन् ।
गठबन्धनलाई अप्ठेरो छ, गण्डकीमा । त्यहाँ एमालेलाई ताछ्नका लागि जनमोर्चा र जसपा निर्णायक हुने अवस्था छ । समाजवादी र माओवादीको स्थिति त्यहाँ राम्रो छैन । अहिलेसम्मको हिसाव हेर्दा पाँचदलीय गठबन्धनले एमालेलाई मधेश, कर्णाली र गण्डकीमा आच्छु–आच्छु पार्ने सम्भावना छ ।
तर, लुम्बिनी र गण्डकीमा कांग्रेस र जसपाले जति थेग्छन्, त्यसमा माओवादी र समाजवादीको १५–२० प्रतिशत थपियो भनेमात्रै एमाले अप्ठेरोमा पर्ने हो । उता, ओमनमा केपी ओलीद्वारा राजदूतको कार्यकाल थपाएर यही सरकारद्वारा फर्काइएकी शर्मिला ढकाल पराजुलीलाई कतारका लागि राजदूत बनाउने काममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि समाजवादीका श्रम मन्त्री किसान श्रेष्ठसम्म लागेका छन् ।
अर्थात्, म्यानपावर व्यवसायमा संलग्न उनी सर्वदलीय राजदूत हुने सम्भावना बढेको छ । यसअघि तत्कालिन उपप्रधानमन्त्री विजय गच्छेदारलाई रिझाएर मस्कट गएकी थिइन् ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments