महानगरमाथि जसपाको जोडदार दावी
चैत ८
अर्को महिना हुने स्थानीय चुनावले गाउँगाउँतिर रन्को ल्याइसकेपछि काठमाडौंमा शीर्ष नेतृत्वबीच हालै सम्पन्न राष्ट्रियसभा सदस्यको चुनावकै शैलीमा भागबण्डाका कुराहरू हुन थालेका छन् ।
०७४ को निर्वाचनमा विराटनगर र ललितपुर महानगर एक्लै जितेको कांग्रेसले यसचोटि पनि ती ठाउँ नछोड्ने अडान लिएको छ । कांग्रेससँग गठबन्धन गरेका कारण विवादास्पद तवरले जितेको भरतपुर महानगरमाथि माओवादीबाट रेणु दाहालका निम्ति दावी कायम छ भने एकीकृत समाजवादीले ०७४ मा एमालेले जितेका काठमाडौं र पोखरा महानगरमा रुचि देखाइरहेको छ ।
तत्कालिन राजपाका तर्फबाट वीरगञ्जको मेयर जितेका विजय सराबगी गतहप्ता एमाले प्रवेश गरेपछि पाँचदलीय गठबन्धनमा उक्त महानगरमाथि जसपाको जोडदार दावी रहेको छ । नगरपालिकाको हकमा एमालेले जितेका अधिकांश ठाउँमा एकीकृत समाजवादीले दावी गरिरहेको छ भने तिनै ठाउँमा माओवादी र कांग्रेसको पनि जोड छ ।
कम्युनिष्टहरूको परम्परागत भोट भएका धरान, हेटौंडा, बुटवल, तुलसीपुर, भीमदत्तजस्ता नगरपालिकामा गठबन्धनका नाममा कांग्रेसलाई छाडिदिने हो भने वामपन्थी मत एमालेतिर ओइरिन सक्के तर्कसमेत गरिँदै छ ।
त्यसमध्ये धरान उपमहानगर उपचुनावमार्फत कांग्रेसले फुत्काएका कारण यसचोटि फेरि त्यसमा उसको दावी छ ।तर, इतिहासमा पहिलोपटक वामपन्थीबीचको विग्रहका कारण उपचुनावमा कांग्रेसले फाइदा उठाए पनि यसचोटि त्यस्तो सम्भावना नरहेको त्यहाँका नेताहरू बताउँछन् ।
गठबन्धनलाई अप्ठेरो छ, गण्डकीमा । त्यहाँ एमालेलाई ताछ्नका लागि जनमोर्चा र जसपा निर्णायक हुने अवस्था छ । समाजवादी र माओवादीको स्थिति त्यहाँ राम्रो छैन । अहिलेसम्मको हिसाव हेर्दा पाँचदलीय गठबन्धनले एमालेलाई मधेश, कर्णाली र गण्डकीमा आच्छु–आच्छु पार्ने सम्भावना छ ।
तर, लुम्बिनी र गण्डकीमा कांग्रेस र जसपाले जति थेग्छन्, त्यसमा माओवादी र समाजवादीको १५–२० प्रतिशत थपियो भनेमात्रै एमाले अप्ठेरोमा पर्ने हो । उता, ओमनमा केपी ओलीद्वारा राजदूतको कार्यकाल थपाएर यही सरकारद्वारा फर्काइएकी शर्मिला ढकाल पराजुलीलाई कतारका लागि राजदूत बनाउने काममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि समाजवादीका श्रम मन्त्री किसान श्रेष्ठसम्म लागेका छन् ।
अर्थात्, म्यानपावर व्यवसायमा संलग्न उनी सर्वदलीय राजदूत हुने सम्भावना बढेको छ । यसअघि तत्कालिन उपप्रधानमन्त्री विजय गच्छेदारलाई रिझाएर मस्कट गएकी थिइन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments