नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

4 वर्ष पहिले प्रकाशित

(2078-12-08 B.S.)

3377 पटक देखिएको

चैत ८

इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन्।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्। 

मूल्यवृद्धिपछिको पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनुपर्ने, प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्नेलगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत २० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेका छन्। 

एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्याधिक बृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको भन्दै भाडा दर समायोजन गर्न र डिजेलको मूल्य बृद्धि हुँदा भाडा बढ्ने घट्दा स्वतः घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न, पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली संशोधन गर्नुपर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनुपर्ने पनि उनीहरुको माग छ।

गण्डकी प्रदेशमा पेट्रोलियम डिलर्स एसोसियसन गण्डकी धौलागिरीका अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। संघर्ष समितिको सहसंयोजकमा गण्डकी ट्याकंर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली र एलपी ग्यास उद्योगका प्रतिनिधि मेघराज पौडेल रहेका छन्।

संघर्ष समितिले चैत्र १५ गतेसम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता, र सरोकारवाला एवम् सञ्चार माध्यममा अन्तरक्रिया गर्ने, एलपी ग्यास लोड भएका गाडीहरु भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन्।

१७ गतेदेखि एलपी ग्यास उद्योगबाट बिक्रेतालाई ग्यास विक्री नगर्ने र चैत १८ देखि पेट्रोलियम पदार्थको लोड अनलोड बन्द गर्ने र २० गतेदेखि देशभर ग्यास बिक्री बन्द गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक राजन गोगंजुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले