“प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ”

4 वर्ष पहिले प्रकाशित

(2078-12-13 B.S.)

5006 पटक देखिएको

उपेन्द्र पासवान

चैत १३ गते

विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म सातौं वार्षिक समारोह विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालय प्राङ्गनमा श्री पी.एम.रशीद ज्यू प्रतिनिधि अन्तराष्ट्रिय अहमदिया मुस्लिम जमाअतको अध्यक्षतामा आयोजना सम्पन्न भयो ।

यस समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट सदस्यहरुलगायत यो संस्थाको पदाधिकारीहरुको सहभागिता रहयो । साथै यो क्षेत्रको माननीय सभासद,मेयर, वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरु र समाज सेवीहरुको पनि सहभागिता देखियो ।

यो समारोहमा आएका जन प्रतिनिधी र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गर्नुभयो ।

विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय हो भनेर माननीय सभासद श्री हरिनरायण रौनियार ज्यूले भन्नुभयो । आदरणीय श्री लाल साह कानु ज्यू मेयर विन्दवासिनी गाउँपालिकाले यस समारोहको बधाई दिदै,यस प्रकारको समारोह मानवता कायम गर्नको लागि जरुरी छ भने कुरो राख्नुभयो ।

यसैगरि अहमदिया संघ नेपालद्वारा पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्दयालयद्वारा निःशुल्क शिक्षा दिने कार्यलाई अमूल्य समाज सेवा हो भन्नेकुरो यही गाउँपालिकाको उपाध्यक्ष श्री किरण देवी ज्यूले व्यक्त गर्नुभयो।

श्री गोविन्द भाई ज्यू ब्रह्मकुमारी संस्थाको धर्मगुरुले यो समारोहमा सबै जाति,धर्म र धर्मगुरुहरुको ठूलो सम्मान हेरेर आफु अचम्भ भए कुरो भन्नु भयो । श्री डा.पीटर कमलेश्वर सिंघ ज्यू क्रीश्चन समाज मधेश प्रदेशको अध्यक्षले आपसमा भाईचारा र सहानुभूति कायम गर्ने यो समारोह सफल होस भनेर शुभकामना व्यक्त गर्नुभयो ।

यस समारोहमा सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरो आ–आफ्नो विचार एउटै मन्चबाट साझा गर्नुभयो ।

यस समारोहमा उपस्थित श्री प्रमोद तिवारी ज्यू समाजसेवी,श्री गम्भीरा शाह तेली,डा. हरिकृष्ण प्रसाद लगायत अन्य थुप्रै व्यक्तित्वहरुले यस समारोहलाई प्रशंसा गर्नुभयो ।

यस समारोहको उद्देश्य वर्षमा कमसे कम केही दिन यस्तो सुनिश्चित गर्नु थियो कि सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर सृष्टालाई सम्झोस । यो त्यस्तो सम्मेलन हो जसमा मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिन्छ र जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिन्छ भने श्री कमरुल होदा अन्सारी ज्यू राष्ट्रीय अध्यक्ष अहमदिया संघ नेपालले बताउनु भयो ।

"अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य छैन । यो जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासना को साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । यस जमाअतलाई वर्तमानमा पाँचौं(खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमद ले नेतृत्व प्रदान गरिरहनु भएको छ । धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो । जमाअत अहमदियाले संसारमा धर्मको नाममा भइरहेको उपद्रवको तथा राजनितीको समर्थन गर्दैन । धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो । अहमदिया जमाअतले हिंसा,अन्याय र आतंकलाई समर्थन गर्दैन ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले