“प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ”
उपेन्द्र पासवान
चैत १३ गते
विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म सातौं वार्षिक समारोह विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालय प्राङ्गनमा श्री पी.एम.रशीद ज्यू प्रतिनिधि अन्तराष्ट्रिय अहमदिया मुस्लिम जमाअतको अध्यक्षतामा आयोजना सम्पन्न भयो ।
यस समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट सदस्यहरुलगायत यो संस्थाको पदाधिकारीहरुको सहभागिता रहयो । साथै यो क्षेत्रको माननीय सभासद,मेयर, वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरु र समाज सेवीहरुको पनि सहभागिता देखियो ।
यो समारोहमा आएका जन प्रतिनिधी र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गर्नुभयो ।
विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय हो भनेर माननीय सभासद श्री हरिनरायण रौनियार ज्यूले भन्नुभयो । आदरणीय श्री लाल साह कानु ज्यू मेयर विन्दवासिनी गाउँपालिकाले यस समारोहको बधाई दिदै,यस प्रकारको समारोह मानवता कायम गर्नको लागि जरुरी छ भने कुरो राख्नुभयो ।
यसैगरि अहमदिया संघ नेपालद्वारा पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्दयालयद्वारा निःशुल्क शिक्षा दिने कार्यलाई अमूल्य समाज सेवा हो भन्नेकुरो यही गाउँपालिकाको उपाध्यक्ष श्री किरण देवी ज्यूले व्यक्त गर्नुभयो।
श्री गोविन्द भाई ज्यू ब्रह्मकुमारी संस्थाको धर्मगुरुले यो समारोहमा सबै जाति,धर्म र धर्मगुरुहरुको ठूलो सम्मान हेरेर आफु अचम्भ भए कुरो भन्नु भयो । श्री डा.पीटर कमलेश्वर सिंघ ज्यू क्रीश्चन समाज मधेश प्रदेशको अध्यक्षले आपसमा भाईचारा र सहानुभूति कायम गर्ने यो समारोह सफल होस भनेर शुभकामना व्यक्त गर्नुभयो ।
यस समारोहमा सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरो आ–आफ्नो विचार एउटै मन्चबाट साझा गर्नुभयो ।
यस समारोहमा उपस्थित श्री प्रमोद तिवारी ज्यू समाजसेवी,श्री गम्भीरा शाह तेली,डा. हरिकृष्ण प्रसाद लगायत अन्य थुप्रै व्यक्तित्वहरुले यस समारोहलाई प्रशंसा गर्नुभयो ।
यस समारोहको उद्देश्य वर्षमा कमसे कम केही दिन यस्तो सुनिश्चित गर्नु थियो कि सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर सृष्टालाई सम्झोस । यो त्यस्तो सम्मेलन हो जसमा मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिन्छ र जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिन्छ भने श्री कमरुल होदा अन्सारी ज्यू राष्ट्रीय अध्यक्ष अहमदिया संघ नेपालले बताउनु भयो ।
"अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य छैन । यो जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासना को साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । यस जमाअतलाई वर्तमानमा पाँचौं(खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमद ले नेतृत्व प्रदान गरिरहनु भएको छ । धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो । जमाअत अहमदियाले संसारमा धर्मको नाममा भइरहेको उपद्रवको तथा राजनितीको समर्थन गर्दैन । धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो । अहमदिया जमाअतले हिंसा,अन्याय र आतंकलाई समर्थन गर्दैन ।"
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments