राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साद्वारा र्याली तथा कोण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-12-15 B.S.)

4935 पटक देखिएको

पवन प्रसाद साह  

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले र्याली तथा काण सभा सम्पन्न गरेको छ।

र्यालीमा विभिन्न नारा सहितका पेलेकार्डमा आफ्नो जिउमा टासी हिन्दू राष्ट्र कायम गर, राजा सहितको प्रजातन्त्र कायम गर, संघियता खारेज गर,MCC खारेज गर, भ्रष्टाचारीलाई कार्वाही गर, गणतन्त्र खारेज गर लगायतका माग गर्दै र्याली, प्रदर्शन र कोणसभा सम्पन्न गरेका समाचारहरू प्राप्त भएका छन् ।

पार्टी कार्यालय रानिघाट स्थित रानिघाट मोठबाट निस्केको र्याली रानिघाट,घण्टाघर, माइस्थान, आदर्श नगर, मकालु होटल , घडिअर्वा हुदै घण्टाघर चौकमा गइ कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्यायले यो देशमा राजा सहितको प्रजातन्त्र आवश्यकता रहेको बताउँदै यो देशमा हिन्दु राष्ट्रको आवश्यकता रहेको बताएका छन ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सपथ ग्रहण गर्ने क्रममा भ्रष्टाचार गरेरे खाने आमाको रगत खाने सरहको हो भन्ने त्यो अभिव्यक्ति राखेका थिए।

त्यस्तै वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरले राष्ट्रिय प्रजातन्त्र पार्टीले नै देशलाई जोगाउन सक्छ, अरु पार्टीले जोगाउन नसक्ने, साथै राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह समेत गरेका थिए।

त्यस्तै कोण सभामा वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, मधेसी दलहरु बहुरुपीया भएकोले उक्त दलहरुबाट सावधान रहन आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका बरिष्ठ नेता तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसियाले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र कायम गर्ने बताएका थिए।

राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष राजाबाबु चौरसियाले राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सालाइ आफ्नो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका थिए।

र्याली तथा कोण सभा कार्यक्रम शुमेश्वरनाथ उपाध्यायको अध्यक्षता तथा मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष अवध किसोर साह, शान्ति केशी,निरा झा,रामयोधया राउत पार्टीका जिल्ला सचिव पनालाल पटेल, जिल्ला सह- सचिव पवन प्रसाद साह, जिल्ला सदस्यहरु देवेन्द्र ढुङगाना,छठु साह कानु, उदित सहनी,उमेश कुमार राम ,मम्ता देवी ,देवकी थरुनी, लगायत  सदस्यहरू शिवनारायण मिश्र, योगेन्द्र पटेल, चन्द्रिका सहनी,दिपनारायण यादव,रोसन यादव विभिन्न व्यक्तिहरुकोको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका पुर्व केन्द्रीय सदस्य नगिना यादवले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले