राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साद्वारा र्याली तथा कोण सभा सम्पन्न
पवन प्रसाद साह
वीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले र्याली तथा काण सभा सम्पन्न गरेको छ।
र्यालीमा विभिन्न नारा सहितका पेलेकार्डमा आफ्नो जिउमा टासी हिन्दू राष्ट्र कायम गर, राजा सहितको प्रजातन्त्र कायम गर, संघियता खारेज गर,MCC खारेज गर, भ्रष्टाचारीलाई कार्वाही गर, गणतन्त्र खारेज गर लगायतका माग गर्दै र्याली, प्रदर्शन र कोणसभा सम्पन्न गरेका समाचारहरू प्राप्त भएका छन् ।
पार्टी कार्यालय रानिघाट स्थित रानिघाट मोठबाट निस्केको र्याली रानिघाट,घण्टाघर, माइस्थान, आदर्श नगर, मकालु होटल , घडिअर्वा हुदै घण्टाघर चौकमा गइ कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्यायले यो देशमा राजा सहितको प्रजातन्त्र आवश्यकता रहेको बताउँदै यो देशमा हिन्दु राष्ट्रको आवश्यकता रहेको बताएका छन ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सपथ ग्रहण गर्ने क्रममा भ्रष्टाचार गरेरे खाने आमाको रगत खाने सरहको हो भन्ने त्यो अभिव्यक्ति राखेका थिए।
त्यस्तै वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरले राष्ट्रिय प्रजातन्त्र पार्टीले नै देशलाई जोगाउन सक्छ, अरु पार्टीले जोगाउन नसक्ने, साथै राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह समेत गरेका थिए।
त्यस्तै कोण सभामा वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, मधेसी दलहरु बहुरुपीया भएकोले उक्त दलहरुबाट सावधान रहन आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका बरिष्ठ नेता तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसियाले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र कायम गर्ने बताएका थिए।
राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष राजाबाबु चौरसियाले राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सालाइ आफ्नो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
र्याली तथा कोण सभा कार्यक्रम शुमेश्वरनाथ उपाध्यायको अध्यक्षता तथा मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष अवध किसोर साह, शान्ति केशी,निरा झा,रामयोधया राउत पार्टीका जिल्ला सचिव पनालाल पटेल, जिल्ला सह- सचिव पवन प्रसाद साह, जिल्ला सदस्यहरु देवेन्द्र ढुङगाना,छठु साह कानु, उदित सहनी,उमेश कुमार राम ,मम्ता देवी ,देवकी थरुनी, लगायत सदस्यहरू शिवनारायण मिश्र, योगेन्द्र पटेल, चन्द्रिका सहनी,दिपनारायण यादव,रोसन यादव विभिन्न व्यक्तिहरुकोको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका पुर्व केन्द्रीय सदस्य नगिना यादवले गरेका थिए।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments