औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन

5 वर्ष पहिले प्रकाशित

(2078-12-24 B.S.)

5540 पटक देखिएको

ममता शर्मा

महोतरीको औरही नगरपालिकामा विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । औरही नगरपालिकाका नगरप्रमुख सुनिलकुमार यादव ,पुर्व उद्योग तथा आपूर्ति मन्त्रि महेन्द्र कुमार यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा औरही नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन हुन लागिएका विकास कार्यहरूको उद्घाटन तथा निर्माण हुन लागेका कार्यहरूको शिलान्यास भएको छ ।

औरही नगरपालिका वडा नम्बर ५  मा नगर अस्पतालको शिलान्यास गरिएको छ । जसको लागि १८  करोडको बजेट विनियोजन गरिएको नगरप्रमुख सुनिल कुमार यादवले जानकारी दिएका छन् । १५ शैय्याको अस्पताल निर्माणको लागि पुर्व उद्योग तथा आपूर्ति मन्त्रि यादवले आफ्नो १४ कठ्ठा जग्गा प्रदान गरेको समेत उनले बताए ।

त्यसैगरी नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा (८,५,६ र २ ) मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । जसको लागत ४०/४० लाख भएको रहेको छ । अर्को दुईवटा वडामा ६०/६०   लाखको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको छ । त्यस्तै नगरभित्र सामुदायिक भवनको समेत उद्घाटन गरिएको छ ।

वडा नं ५ मा निर्माण गरिएको सो भवनको लागत ७० लाख रहेको छ । त्यसैगरी श्रीपुर र कविलासा जोड्ने जङ्गहा पुलको  उद्घाटन भएको छ । पुल निर्माण लागत २६ करोड रहेको नगरप्रमुखले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ६ मा ३० लाखको लागतमा निर्माण गरिएको रामजानकी मन्दिरको समेत उद्घाटन गरिएको छ । यी सबै कार्यक्रम आज एकै दिन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले