मुछिएका डिएसपी 'यादव' लाई १३ सय रुपैयाँको पुरस्कार

4 वर्ष पहिले प्रकाशित

(2079-01-09 B.S.)

3071 पटक देखिएको

मधेस प्रदेश 

धनुषाको पर्यावरण अभियानी दिलीप हत्या काण्ड प्रकरणमा त्यतिबेला मुछिएका प्रहरी डिएसपी रामकुमार यादवलाई १३ सय रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले मधेश प्रदेशको सप्तरी जिल्लास्थित कँचनपुर ईलाका प्रहरी कार्यालयमा कार्यरत डिएसपी यादवलाई १३ सय रुपैयाँ पुरस्कार दिएको हो ।

विराटनगरको ईलाका प्रहरी कार्यालय रानीमा कार्यरत रहँदा तस्करसँगको सेटिँगपछि कारवाहीमा परेका थिए । वि.सं. २०७४ सालमा बोर्डरमा तस्करसँगकै सेटिँगले कारवाहीमा परेका थिए ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयको तर्फबाट नगद १३०० रुपैयाँको पुरस्कार प्रदान गरिएको हो । यसका साथै, मधेश प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था कायम तथा चोरीतस्करी नियन्त्रणलगायत कार्यसम्पादनको कदरस्वरूप दर्जन बढी प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत भएका डिएसपी यादव २०७४ सालमा डिआईजी रमेश भट्टराई र मोरंगका एसपी (तत्कालिन) सन्दिप भण्डारीको कार्यकालमा कारवाहीमा परेका थिए । बोर्डरमा तस्करसँगको सेटिँग, तस्करहरुलाई लाइन दिएको आरोपमा डिआईजीको निर्देशनमा एसपीले जिल्ला तानेको थियो ।

वि.सं. २०७० सालमा तत्कालिन मोरँग प्रहरीका एसपी विश्वराज पोखरेलको पालामा घुमुवा प्रहरीको प्रमुख रहेका बेला यादव आर्थिक विवादमा मुछिएपछि उनलाई घुमुवाको ईन्चार्जबाट समेत हटाएको थियो । घुमुवाका रुपमा काम गर्दा तस्करीको लाइनसमेत खुलाएको र सुपारी तस्करबाट मोटो रकम लिएका कारण उनी कारवाहीमा परेका थिए ।

यस्तै, धनुषा मिथिला नगरपालिका सिरिपुर ढल्केवर निवासी दिलीप महतो हत्या प्रकरणमा मुचुल्का नै नगरी लास प्रादेशिक अस्पतालमा पठाएपछि उनलाई धनुषाका तत्कालिन एसपी रमेश बस्नेतले जिल्ला तानेका थिए ।

सो खबत पिछाडावर्ग महासंघले प्रदेशका तत्कालिन कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवसँग राखेको मागमा त्यतिबेला प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रहेका अहिले डिएसपी रहेका रामकुमार यादवमाथि घटनामा सँलग्नताको शंका जाहेर गर्दै अविलम्ब कारवाहीको माग गरेको थियो ।

प्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रोत्साहन स्वरुप यादवलाई अहिले सम्मान गरिएको एसपी सापकोटाले बताए । उनले विगतको कार्यलाई नभई वर्तमानको कार्यलाई मूल्याँकन गर्दै मात्र पुरस्कृत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

8 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

9 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

10 दिन पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

11 दिन पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

11 दिन पहिले

गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..

23 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

1 महीना पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

2 महीना पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

2 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

2 महीना पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

2 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर..