मलंगवामा तराई समर विक फैसन प्रतियोगिताको अडिसन सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-01-11 B.S.)

3579 पटक देखिएको

मनोज यादव ,

सर्लाही,बैशाख ११ 

मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा अफ ब्राइट इभेन्ट म्यानेजमेन्टको प्रस्तुतिमा आयोजना भएको तराई समर विक फैसन प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।

शनिवार सम्पन्न भएको अडिसनमा सर्लाही जिल्ला भित्र तथा जिल्ला बाहिर वीरगंज र जनकपुरबाट भाग लिन आएका दुई दर्जन भन्दा बढी प्रतियोगी मोडलहरूको उपस्थिति रहेको थियो  ।

तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका व्यवस्थापक नितेश पटेलले बताए ।

तराई मधेशका किशोरी तथा युवतीहरु भित्र क्षमता भएर पनि सधैँ पछि परेका छन् ।उनीहरु समाजको डरले आफूलाई एक्सपोज गर्न सकिरहेका छैनन् ।उनीहरूलाई नै लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पटेले बताए ।

आयोजक संस्थाका सिइओ राजन बुढाथोकी,मोडल जिज्ञासा लामा,मोडल नरेश जंग थापा,मोडल सुशील यादव र मोडल रुपसी थापा निर्णायक मण्डलको भूमिकामा अडिसन सम्पन्न भएको थियो।

मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको अडिसनमा ११ जना पुरुष र ४ जना महिला गरि १५ जना प्रतियोगी मोडलहरु छनौट भएका छन् ।उनीहरुलाई मिस्टर मोडल अफ द वर्ल्ड 2018 का विजेता मोडल दिक्पाल कार्कीले ड्रेस अपसेन्स,डिसिप्लिन,वाक,व्यक्तित्व विकास,कन्फिडेन्स बिल्डअप,मेकअप, फेस स्प्रेसन लगायतका बारेमा प्रशिक्षण दिइएर फाइनल राउन्डको लागि तयार पार्ने छन् ।

यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा बैशाख २८ गते मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेसमा हुने आयोजक कमिटीका सदस्य अंकित प्रताप सिंहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले