भंगहा नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि सीतापुर बजार एरिया सिल

5 वर्ष पहिले प्रकाशित

(2077-02-14 B.S.)

3258 पटक देखिएको

महोत्तरी ।

महोत्तरीको भंगहा नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि सीतापुर बजार एरिया सिल गरिएको छ । मंगलबार पुष्टि भएका दुइजना मध्ये ३५ वर्षका पुरुष भंगहा नगरपालिका वडा नं. ६ हितसर्वाका रहेका छन् ।

ती पुरुष १० दिन अघि भारतबाट फर्केपछि भंगहा नगरपालिका ५ सीतापुर बजार स्थित भंगहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका छन् । मंगलबार उनको रिपोर्ट पोजेटिभ आएपछि सीतापुर बजार लगायत वरिपरिको क्षेत्र सिल गरिएको भंगहा नगरप्रमुख संजिव साहले जानकारी दिए । उनका अनुसार सो क्वारेन्टाइनमा हाल भारत तथा विदेशबाट आएका भंगहा नगरपालिकाका ७२ जना बसिरहेका छन् ।

भंगहा नगरपालिकामा भारत लगायत विभिन्न देशबाट फर्केका ३ सयभन्दा बढी व्यक्तिलाई ६ वटा क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलार्ई उपचारको लागि महोत्तरी जिल्ला अस्पताल जलेश्वरको आइसोलेशनमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

सूचना अधिकारी झाका अनुसार अनुसार महोत्तरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका भनिएका २ जना पुरुष मनरा सिसवा नगरपालिकाको मात्र नभए एकजना भंगहा नगरपालिकाका पनि हुन् ।

३० वर्षका पुरुष मनरासिसवा नगरपालिका र ३५ वर्षका पुरुष भंगहा नगरपालिकाको रहेको र दुबैजनालाई आइसोलेशनमा भर्ना गरिएको उनको भनाइ छ । :- टुडेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

13 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

13 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

16 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

19 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

21 दिन पहिले

उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..

महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आ..

21 दिन पहिले