टिकटकका युवतिहरुले लुट्दै विदेशीएकाहरुलाई

3 वर्ष पहिले प्रकाशित

(2079-02-20 B.S.)

6879 पटक देखिएको

गणेश कुशवाहा, महोत्तरी ।

परिवारको दुई छाक टार्न विदेशिएका अधिकाँश नेपाली युवाहरु टिकटकमा पैसा फाल्दै गर्दा उनीहरुको परिवारको अवस्था बिच्चली परेको देखिएको छ ।

सानो भिडियो बनाउने प्लेटफर्मको रुपमा परिचित टिकटक एपमा नेपालबाट टिकटकमा नाच्ने युवतिहरुमाथि उनीहरुले हजारौँ रुपैयाँ गिफ्ट (उपहार) पठाउने गर्दा घर परिवारलाई पैसा पठाउन नसकेको अवस्था समेत सृजना गरेका छन् । परिवारकै दुःख हटाउन ऋण लिएर विदेश गएका अधिकाँश मधेशतर्फका युवाहरु टिकटकमा घुइचो नै देखिएको छ । उनीहरुले हजारौँ रुपैयाँको गिफ्ट किनेर टिकटकीया युवतिहरुलाई पठाउने गर्दा घरपरिवारलाई भोकै बस्नु परेको अवस्था पनि सृजना भएको छ ।

टिकटकमा कैयौँ फिल्टर लगाएर नाच्ने युवतिहरुको जालमा परेर उनीहरुले कमाउने गरेको रकम डिजिटल गिफ्ट किनेर युवतिहरुलाई पठाउने गर्दा परिवारजनलाई पीर भएको पीडा पोखिएको छ । “खास गरी साउदी, कतार, दुबई, मलेसिया लगायतका अन्य देशहरुमा कामदारको रुपमा गएका नेपाली युवाहरुले आफ्नो कमाई घर पठाउनुको सट्टा पैसाले गिफ्ट किनेर युवतिहरुलाई पठाउने गरेका छन् । गिफ्ट हजारौँ रुपैयाँमा पाउने गरिन्छ । युवतिहरु टिकटकमा लाईभ आउँदा उनीहरुलाई डिजिटल गिफ्ट किनेर पठाउने गरिन्छ ।

उनीहरुले महिनाभरिको कमाई नै टिकटकमा फालेको म आफैँ हेरेको छु ।”– टिकटक प्रयोगकर्ता सँजय सूर्याले भने ।

गिफ्ट पाउनको लागि अधिकाँश युवतिहरुले आफ्नो संस्कृतिलाई पनि कुल्चेको देख्न सकिन्छ  । विदेशमा परिवारको दुई छाक टार्न गएका युवाहरुले आफ्नो कमाईको हिस्सा टिकटकीयाहरुमाथि फाल्ने गर्दा उनीहरुले घरमा पैसा पठाउनै छाडेका छन् भन्ने गुनासो पनि विदेशिएका परिवारजनबाट सुन्न सकिन्छ । पैसा पठाएपनि कमाईको केही प्रतिशत मात्र घर पठाउँदै सेलरी नै नदिएको, सेलरी काटिएको जस्ता बहाना समेत बनाउने गरेको छ ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्लाहरुकी केही युवतिहरुले “हनी ट्रयाप” बिछ्याएको छ । टिकटकमा अश्लिल गीतहरुमा नाच्ने नचनीयाँ युवतिहरुलाई भर्चुअल मनोरञ्जनको लागि युवाहरुले सबै पैसा फाल्ने गरेका छन् ।

कमला नगरपालिका वडा नम्बर २ बस्ने एक युवक (नाम नखुलाइएको ) परिवार पाल्न एक बर्षदेखि विदेशमा छन्, तर अहिलेसम्म उनले मात्र एक पटक घरमा पैसा पठाएका छन् । उनले कम्पनीले सेलरी नै नदिएको जस्ता बहाना बनाउँदै गर्दा गाउँले युवाहरुले उनलाई टिकटकमा युवतिहरुलाई हजारौँको गिफ्ट पठाउने गरेको देखेका छन् । विदेश कमाउन गएका युवाहरुले सबै कमाई टिकटकियाहरुमाथि फाल्ने गर्दा उनीहरुको परिवार पनि बिच्चलीमा परेको छ ।  फोनमा  उत्तेजक कुरा गर्ने, भिडियो कलमा कपडा फुकालेर देखाउने जस्ता हनि ट्रयापमा पारी टिकटक चलाउने केही युवतिहरुको धन्दा नै बनेको छ । उनीहरुले टिकटकबाट पैसा कमाउनको लागि सँस्कार, सँस्कृति, बाबुआमाको प्रतिष्ठा समेत बेचेर पैसा कमाउन थालेका छन् । विदेश बस्ने युवकहरुले भने ईमोमा भिडियो कल गर्दा र कपडा फुकाल्दा, शरिरको संवेदनशिल अँगहरु देखाउँदा उनीहरुले पनि स्क्रीन रेकर्डिँग गरिरहेको पाईएको छ । विदेशबाट नेपाल फर्केपछि फोन कुराकानीमा भने अनुसार नगरे भिडियो इन्टरनेटमा भाइरल गर्ने चेतावनीसम्म दिएको बताईन्छ ।यस्ता घटना घटेको सामाजिक संजालमा प्रशस्त उदाहरण छन् र आत्म हत्या गर्ने समस्या पनि सिर्जना भएको छ  ।

यद्धपि, टिकटकटमा लाईभ बसेर पैसा कमाउने युवतिका बुवाआमाले पनि उनीहरुको भविष्यको बारेमा ख्याल नगरेको पाइन्छ । उनीहरुले छोरी बोलेरै पैसा कमाउने गरेको भ्रम पालेर बसेका छन् भने छोरीहरुले समेत आफू टिकटकमा त्यतिकै लाईभ बसेर पैसा कमाउने गरेको भन्दा केही पैसाको लोभमा करियर समेत बर्बाद पार्न अभिभावकहरु सहमत देखिएका छन् । टिकटक प्लेटफर्ममा लाईभ आउने प्रणाली छ । जसमा कसैले डिजिटल गिफ्ट किनेर पठाउँदा सो गिफ्ट डलरमा कन्भर्ट भएर प्रयोगकर्ताको बैँक खातामा आउने गरिन्छ । सो गिफ्ट किन्नको लागि मोबाईलकै रिचार्ज जस्तै हजारौँ रुपैयाँ तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले