तत्काल मल उपलब्ध गराउन माग गर्दै सातै प्रदेशमा आन्दोलनका कार्यक्रम घोषणा
२० जेठ ।
अखिल नेपाल किसान महासंघले समयमा किसानहरूलाई मल उपलब्ध नगराएको भन्दै आन्दोलन गर्ने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा देशैभर आन्दोलन गर्ने जनाएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री, कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको भन्दै दोस्रो चरणमा सबै प्रदेशमा मुख्यमन्त्री कार्यालयमा धर्ना गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्नाका साथै घेराउ गर्ने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले जानकारी दिए ।
यसका साथै विरोध र्याली तथा आम सभा पनि गर्ने उनले जानकारी दिए । यस्तै तेस्रो चरणमा मल आपूर्ति गर्ने सरकारका निकायमा तालाबन्दीसमेत गर्ने भएको छ । आन्दोलनका कार्यक्रम भने स्थानीय तहको परिवेश अनुसार गरिने छ ।
महासंघले धान रोप्ने समयमा मलको चरम अभाव रहेको भन्दै तत्काल सहज ढङ्गले मल उपलब्ध गराउन, किसान र कृषि क्षेत्रसँग सम्बन्धित महासंघले अघि सारेको कृषि क्षेत्रको रुपान्तरणसँग सम्बन्धित ११९ सूत्रीय माग पुरा गर्न पनि माग गरेको छ ।
किसानहरूले मुख्य बाली लगाउने समयमा वर्षेनी अभाव झेल्दै आएका छन् । नेपालमा करिब ५ देखि ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्छ । यसका लागि करिब ३० अर्बको हाराहारीमा बजेट छुट्याउन हुन्छ । सरकारले जीटिुजी प्रक्रियाबाट एक लाख ५० हजार मेट्रिक टन मल ल्याउने भनेको छ ।
त्यो पनि एकदमै न्यून रहेको पनि महासंघ अध्यक्ष दंगालले बताए । उनले भने,‘अहिलेको अवस्थामा रासायनिक मलको प्रयोगलाई एकै पटक पनि घटाउन पनि मिल्दैन । बिस्तारै कम गर्दै जाने हो ।’ त्यसैले पनि तत्काल रासायनिक मल उपलब्ध गराउन उनले माग गरे । समयमा मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई खाद्य सुरक्षामा समेत आँच आउन सक्छ ।
यस्तै उनले सरकारले बजेटमा ल्याएको किसान हित कोषमा आधारित निवृत्तिभरण कार्यक्रमको अवधारण मूल मर्मर भावना विपरीत रहेको पनि उनले बताए । ‘यो विषय कुनै आधार र तयारी बिना हठातमा प्रचार र सस्तो लोकप्रियताको लागि बजेट तथा कार्यक्रममा समेटिएको छ’ विरोध गर्दै उनले भने,‘किसानहरूको अत्यन्त संवेदनशील माग प्रति सरकार सस्तो प्रचारबाजी गरेर किसानको आँखामा छारो हाल्ने प्रयास गरिरहेको छ । यो कार्यक्रम लागु गर्न खर्बौँ बजेटको आवश्यकता पर्छ तर सरकारले नाम मात्रको बजेट विनियोजन गरेको छ ।’
त्यसैले किसानलाई निवृत्तिभरण दिन उनीहरूले निवृत्तिभरण कोषमा योगदान गरे बराबर रकम नै राज्यका तर्फबाट योगदान गरी निवृत्तिभरण कार्यक्रम कार्यान्वयनमा ल्याउन पनि महासंघले माग गरेको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
16 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
18 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
19 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments