रासायनिक मल खरिद गर्न भारत गएका कृषिमन्त्री हराएनुको कारण कमिसन नमिलेर हो - कृषि प्राविधिक कृष्ण दर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-02-21 B.S.)

4027 पटक देखिएको

पवन प्रसाद साह 

सरकारले आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कृषि उत्पादन बढाउने लक्ष्य लिएको छ ।जुन पूरा हुन कृषिमा आमूल सुधार हुनुपर्छ ।

तर रासायनिक मल समेत उपलब्ध गराउन नसकेपछि सरकारको लक्ष्य कागजमै सीमित हुने देखिन्छ । काँधमा हलो जुँवा र हातमा धानका पाँजा बोकेरकिसानहरु सडकमै उत्रिए । हुन त यतिबेला उनीहरु खेतबारीमा हुनपर्ने समय हो । तर खेतीकिसानीका लागि रासायनिक मलको जोहो गर्न सरकार असफल भएपछि उनीहरु दबाब दिन सडकतिर आएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कृषि उत्पादन बढाउने लक्ष्य लिएको छ । उत्पादन बढाउन बाँझो जग्गामा समेत खेती किसानी गर्नुपर्ने, नत्र एक लाखसम्मको जरिवाना तिराउने सरकारको तयारी छ । तर भएकै खेतबारीमा मल दिनै सरकार अलमल छ ।१० किलो मलका लागि १० घण्टा लाइन बस्न किसान बाध्य छन् । गत वर्ष विनियोजित बजेटमार्फत समयमै मल खरिद नगर्दा यसपाली गोदामहरु खाली छन् । आगामी वर्षका लागि त झन, रासायनिक मलको बजेट झन्डै ५० प्रतिशतले घटाइएको छ ।चालु आर्थिक वर्षका लागि पौने २८ अर्ब रुपैयाँ निकासा दिएको सरकारले आगामी वर्षका लागि १५ अर्ब मात्र छुट्याएको छ ।

अन्तर्राष्ट्रिय बजारमूल्य तीव्र रुपमा वृद्धि भएन भने पनि यो रकमले २ लाख टन मल किन्न पनि मुस्किल पर्छ ।धान, गहुँकै लागि मात्रै साढे ४ लाख टन मल ल्याउन करिब ३५ अर्बबजेट आवश्यक पर्छ । जबकि दुईतीन बाली लगाउँन बार्षिक १२ लाख टन मल आवश्यक छ । सरकारले थप बजेटको प्रबन्ध नगरे आगामी वर्ष मल अभावको समस्या अझ भयावह हुनेछ ।

यसरी मल आपूर्तिमै समस्या हुने भएपछि कृषि उत्पादन बढ्ने सरकारी घोषणा कागजमै सीमित हुनेछ । दुई बर्षअघि चर्काे मूल्य तिरी विदेशबाट ल्याएको सात हजार मेट्रिकटन मल भने वीरगञ्ज भन्सार अलपत्र फालिएको छ ।

यता मल ल्याउँछु भन्दै कृषिमन्त्री महेन्द्रराय यादव हप्तौं दिनदेखि भारतमा डेरा जमाएर बसेका छन् । मल अभावका कारण उत्पादन घट्यो भने आगामी वर्ष पनि अहिलेकै नियति दोहोरिने 

पक्का छ ।उत्पादकत्व नघट्ने गरी जैविक खेतीको अभ्यास देशभर सुरु भएमा मात्र रासायनिक मलका लागि तड्पिनु पर्ने बाध्यता हट्ने छ । तर सरकार न विकल्प दिन सफल भएको छ, न मल दिन जिम्मेवारी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले