संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-02-30 B.S.)

3166 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

मधेश प्रदेशमा संचालित विभिन्न संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ । सोमबार जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको हलमा मिडिया काउन्सिलद्वारा आयोजित उक्त गोष्ठीमा सिरहा ,सप्तरी ,महोत्तरी ,धनुषाका संचारकर्मी संग सुझाव संकलन गरिएको  छ ।

काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा वरिष्ट पत्रकार रामभरोस काफ्ले ,काउन्सिलका केन्द्रिय सदस्य नवलकिशोर यादव ,टेलिभिजन संचालन संघका अध्यक्ष विष्णु कुवर ,काउन्सिलका प्रप्रअ मुनेश्वर यादव लगायत विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

संचार क्षेत्र सुदृढिकरणको लागि संचारकर्मीहरुको सुझाव कार्यक्रममा धनुषा ,महोत्तरी ,सिरहा र सप्तरी समुह विभाजन गरि संकलन गरिएको छ ।

संचार माध्यमको लागि कोष निर्माण तथा अनुदान स्वरूप  सहयोग प्रदान हुनुपर्ने ,लोककल्याणकारी विज्ञापन तथा स्थानीय स्तरका सूचना संचार माध्यमलाइ सहजै उपलब्ध हुनुपर्ने ,नियम विपरित रुपमा संचालन भएका संचार माध्यमहरुलाइ नियमित अनुगमन गरि काउन्सिलले कारवाहीको लागि पहल गर्नुपर्ने ,संचार सामग्री तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्ने ,संचारकर्मीहरुलाइ प्रोत्साहन गर्नको लागि पुरस्कारको व्यवस्थापन गर्नुपर्ने ,महिला पत्रकारहरुको लागि काउन्सिलले विशेष पहल गर्नुपर्ने ,संचार माध्यम प्रभावकारी बनाउन संचारकर्मीहरुलाई समयानुकूल विभिन्न तालिमको व्यवस्थापन हुनुपर्ने लगायतका माग तथा सुझाव पत्रकारहरुले प्रस्तुत गरेका छन् ।

संचारकर्मीहरुले समाजको लागि विभिन्न समस्याहरुको बिचमा कार्यभूमिका निर्वाह गर्दै आएको प्रति काउन्सिलका अध्यक्ष भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले संचारकर्मी तथा संचार क्षेत्र प्रवर्धनका निम्ति आफ्नो ठाउँबाट नै व्यक्तिगत पक्ष बलियो आधार निर्माण हुनुपर्ने बताएका छन् । त्यस्तै उनले कार्यक्रमका संचारकर्मीहरुबाट प्राप्त सुझाव सम्बोधनको लागि आवश्यक अनुसार पहल गर्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले