विपन्न तथा गरिव परिवारलाई ७८ हजार सहयोग

4 वर्ष पहिले प्रकाशित

(2079-03-13 B.S.)

10046 पटक देखिएको

ममता शर्मा 

गौशाला 

महोत्तरीमा गरिव तथा विपन्न ३ परिवारलाई सहयोग गरिएको छ । महोत्तरी समाज सेवा कतार संस्था र महोत्तरी जिल्लामा संचालित रहेको महोत्तरी समाज सेवा नेपालको संयुक्त सहयोगमा ३ ओटा विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

जिल्लाको बलवा नगरपालिका वडा न.८ बनौटा निवासी रन्जु देवीलाई १५ हजार सहयोग संस्थाद्वारा गरिएको छ । रन्जु देवीको घरायसी अवस्था कमजोर र श्रीमान रक्सिको कुलतमा फसी आफ्नो घरप्रति बेखबर रहेकोले उनलाई दैनिकी गुजारा गर्न समेत मुस्किल परेको छ । आफ्नो २ ओटा बच्चालाई पालन पोषण गर्न उनलाई निकै धौधौ परेको स्थानीय मनोज यादवले जानकारी दिए । रन्जु देवीको घर पनि असुरक्षित र टुटेफुटेको रहेको देखिएको छ । स्थानीय सरकारलाई गाउँलेहरु मिलि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको रन्जु देवीले गुनासो गरेकी छिन ।

त्यस्तै मनारसिस्वा नगरपालिका वडा न.६ सरपल्लो निवासी स्थानीय नरेश ठाकुरकि छोरी अंकिता ठाकुरलाई आज ४८ हजार रकम संस्थाले उपचारको लागि सहयोग गरेको छ । ५-६ वर्षीय अंकिता ठाकुर मिर्गौला पिडित हुन् ।

त्यसैगरी औरही नगरपालिका वडा न.७ टिमकीया निवासी अनिता देवी यादवलाई पनि १५ हजार रकम सहयोग गरिएको छ । उनको श्रीमान स्व.रामचन्द्र यादवको विदेशमा (मलेसिया ) काम गर्न गएको बेला मृत्यु भएकोले उनको घरायसी अवस्था कमजोर भएपछी उनलाई सो रकम सहयोग गरिएको संस्थाका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिएका छन् ।

मानव सेवाको उद्देश्यले संचालित यस संस्थाले वर्षौदेखि विदेश तथा नेपालमा अलपत्र परेका ,समस्यामा परेका ,गरिव विपन्न तथा असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएको कोषाध्यक्ष नवल किशोर साहले बताए । आगामी दिनहरुमा पनि समस्यामा परेको जोकोहीलाई पनि आफ्नो संस्थामार्फत निस्वार्थ रुपमा सक्दो सहयोग गर्ने संस्थाका अध्यक्ष साहले बताएका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले