लकडाउनमा चौध दिनको अज्ञात बनबास

6 वर्ष पहिले प्रकाशित

(2077-02-16 B.S.)

6099 पटक देखिएको

विचार  मोहम्मद अझरुदीन 

म, मेरो परिवार, मेरो समाज ,मेरो देश मात्र नभई सारा विश्व अहिले कोरोनको शिकार भएको छ । कताकता यो मनले कोरोनाको त्रासले घरजम गरिसकेकको जस्तै घरीघरी प्रश्न गरिरहेको छ । उहिले उहिले त लाग्थ्यो कि  घरमा नबसेर दिनभरी काममा थाकिन्छ होला तर अहिले ठीक उल्टो भाको छ । तर अहिले काम नगरी बसीबसी नै थाकिन्छ । सामाजिक रुपरेखा र चहलपहल नै बदलिएको छ। हिन्दू ग्रन्थअनुसार राम भगवानलाई आदेशको पालना गर्न चौध दिनको बनबास जानुपरेको हामीमाझ बिदितै छ तर अहिले बाहिरबाट आएकाहरुलाई कोरोनाको डरले पहिला नै चौध दिनको बनबास काटेझैँ भएको छ । 
सरकारले कोरोनालाई पराजित गर्न सकेसम्मको हरेक सम्भव कार्य गरिरहेको पाइएको छ । एकलबासको सुविधाले कतिपय ठाउँमा मानिसहरुलाई राहत प्रदान गरेको छ भने कतिपय ठाउँमा मानिसहरु आहत भएका छन । उचित खानपिन, शौचालय, ओछ्यान, सरसफाइ, उचित बासस्थान आदि जस्ता कुराहरुको अभावमा अझ पनि उनीहरुमा संक्रमणको अवस्था दयनीय नै रहेको संचार माध्यमहरुको आरोप रहेको छ। स्थानीय सरकारको पहलमा बाँड्न आएका राहत सामाग्रीहरु सही ढंगबाट बितरण नभएको जनगुनासो दिनहुँ सुन्नमा आइ नै रहन्छ । 
शैक्षिक,धार्मिक,सामाजिक,राजनैतिक,व्यावसायिक,आर्थिक आदि सम्पूर्ण पक्षहरु धरापमा दफन भएको कतिपय जानकारहरुको चेतावनी रहेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ यसरी नै थपिदै गयो भने यसले देशमा भोकमरी, बेरोजगारी,महामारी,आर्थिक मन्दी आदि जस्ता समस्या निम्त्याउने र देश लगायत सम्पूर्ण जनताको भविष्य अन्धकारमा नजाने भन्न सकिन्न । सारा विश्वलाई नै आर्थिक द्वन्द र बेरोजगारीको चपेटामा लिन पनि बेर नलगाउने अनुमान विश्व स्वास्थ्य संगठन९ध्ज्इ० ले गरेको प्रतिबेदन सार्वजनिक भईरहेको छ। करोडौ मानिसहरुले रोजगारी गुमाउने पक्का पक्की जस्तै देखिएको छ ।उद्योगधन्दा, कलकारखाना, पर्यटन , आदि अनेक पक्ष प्रभावित भएको छ ।

बिद्यार्थी भाइबहिनीहरु आफ्नो उज्जवल भविष्यको खोजीमा घरमै बस्न बाध्य भएका छन् भने निजि स्तरमा कार्यरत मानिसहरु अझ पनि अन्योलमै छन कि यो बन्दाबंदीले अझै कति लामो यात्रा तय गर्ने होला रु गर्भवती महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ भने दीर्घरोगीहरु उपचारको पर्खाईमा प्राण त्यागी रहेका छन । जनसंख्या घट्नुको सट्टा झनै बढ्न सक्ने कतिपय जनसख्याविदहरुको भनाइ रहेको छ । सरकारी कर्मचारीहरुमध्ये प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारहरुले ज्यान जोखिममा राखी आम जनताको सेवामा मृत्युको बाटो रोक्न हरदम तम्तयार रहेको पाइन्छ । यसरी हेर्ने हो भने जीवनयापन गर्न आम जनतालाई दिनहुँ पीडा भैरहेको ज्ञात हुन्छ ।
सामाजिक दुरी कायम , मास्कको प्रयोग, साबुन पानीले हात धुने जस्ता कार्यहरु गर्दा पनि भित्री आत्माले आफू सुरक्षित रहेको महसुस गर्न कठिन भैरहेको छ ।बिजुली,पानी,यातायात,घर,सम्पति,जग्गा जमिन आदिको करले पछि झन कति पिरोल्ने होला भन्ने सवालको जवाबमा मानिसहरु भौतारी रहेका छन् । देशमा ब्याप्त गरीबी, भ्रष्टचारी, भोकमरीका शिकार हामी नेपाली जनतालाई कसले मुक्ति देला भन्ने आशमा बसिरहेका छन् ।कवारेन्टयानमा जीवनयापन गरी रहेकाहरु अझ पनि आफ्नो जीवन र मृत्युको बीचमा लडिरहेका छन् । 
रामायणमा हनुमानजीले संजीवनी बुटी ल्याए झैँ हाम्रो कोरोनालाई निर्मूल पार्ने रामवाण संजीवनी बुटी कहिले र कसले ल्याउने भन्ने पर्खाईमा बसि नै रहनु पर्ने कि नाई भन्ने सवालको जवाबमा आम नेपाली जनताको मनले सही उत्तर पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

14 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

28 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

14 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

28 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले