संघीय सरकार विरुद्ध ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले संयुक्त रुपमा कडा कदम चाल्ने चेतावनी
जनकपुरधाम, असार २३ गते ।
प्रहरी समायोजन ऐन कार्यान्वयन नगरेको भन्दै संघीय सरकार विरुद्ध ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले संयुक्त रुपमा कडा कदम चाल्ने चेतावनी दिएका छन्।
जनकपुरमा विहिबार मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रममा मन्त्रीहरुले यस्तो उद्घोष गरेका हुन्।
संघीय सरकारले प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न नचाहँदा प्रदेशका जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नसकेको मन्त्रीहरुले गुनासो गरेका हुन्।उनीहरुले संयुक्त रुपमा संघीय सरकारविरुद्ध अघि बढ्ने चेतावनी दिएका छन्।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सातवटै प्रदेश गोलबन्द भएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले आफूहरुको शान्तिपूर्ण तरिकाबाट संघीय सरकारले प्रहरी समायोजन गरी माग सम्बोधन नगरे संघ सरकारका सुरक्षाकर्मीलाई चौकी चौकीबाट बाहिर निकाल्ने कडा चेतावनी दिए।
संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न संघीय सरकार आनाकानी गरेकाले एकमत भएर अघि बढ्नुको विकल्प नरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए।
‘संघीयता विरोधी तथा एकात्मक सोच भएकाहरुलाई सन्देश दिन यहाँ भेला भएका हौँ’ मन्त्री कार्कीले भने, ‘जनकपुर घोषणापत्र जारी पछि दबाब सिर्जना गर्न मुख्यमन्त्री र मन्त्रीहरु काठमाडौं जाऔँ।’
बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री कृष्ण प्रसाद खनालले संविधान जारी भए अनुसार नै कार्यान्वयनमा अवरोध गर्नेलाई धरातल देखाउनु पर्ने चेतावनी दिए।
‘जसरी जारी भयो, त्यसरी नै पालना गरियोस्। नभए हामी काठमाडौं पुगेर संघीय सरकार हाम्रो प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद सबैलाई धरातल देखाउने प्रतिवद्धता यो भेलाबाट होस्’ उनले भने।
संविधान प्रदत्त अधिकार संघीय सरकार तल्लो तहसम्म दिन नचाहँदा जनताको अधिकार कुण्ठित भइरहेको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले बताए। संघीय सरकार विरुद्ध सबै प्रदेश एक भएर अघि बढ्दा संविधानले दिएको अधिकार प्राप्त हुने उनले विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री तिलराम शर्माले संविधान कार्यान्वयन संघीयता विरोधी मानसिकता, प्रतिगामी सोच, केन्द्रीकृत एकात्मक धारणाको कारण चुनौतीपूर्ण भएको बताए। उनले यो भेला संघीयता विरोधीहरुका लागि ठूलो प्रहार रहेको दाबी गरे।
सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री रणबहादुर रावलले गोलबन्द भएर आफ्नो अधिकारको निम्ति अघि बढ्नु पर्नेमा जोड दिए। उनले आफ्नै प्रहरी प्रशासन नहुँदा प्रदेश सरकारलाई विपद व्यवस्थापनमा समेत चुनौती झेल्नु परेको गुनासो गरे।
कार्यक्रम मधेश प्रदेशका गृहमन्त्री साहको अध्यक्षता तथा मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा भएको हो। सो कार्यक्रममा कर्णाली प्रदेशबाहेकका सबै प्रदेशका गृहमन्त्रीको सहभागिता थियो।

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
15 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
15 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
18 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
19 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments